माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूमा महिनावारी सम्बन्धी ज्ञान {Knowledge on menstruation among the girls of secondary school}

Authors

  • खिमानन्द Khimananda भण्डारी Bhandari Butwal Multiple Campus, TU त्रि.वि, बुटबल बहुमुखी क्याम्पस

Keywords:

पाप, जटिलताहरु, महिनावारी, छुट्टै, Menstruation, seclusion, complications, sin

Abstract

माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूमा महिनावारी सम्बन्धी ज्ञान शीर्षकमा तयार पारिएको योलेखको मुख्य उद्देश्य छात्राहरूमा महिनावारी र शिक्षाको वर्तमान अवस्था पत्ता लगाउने रहेको थियो । प्रदेश नं. ५ मा रहेका तराईका ४ जिल्ला तथा पहाडका ४ जिल्लाका माध्यमिक विद्यालय खासगरी कक्षा ९ र १० मा अध्ययनरत किशोरीहरू यस अध्ययनको कूल जनसंख्या हुन् । उपयुक्त कूल जनसंख्यामध्येबाट उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी जम्मा ३२ वटा सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूमध्ये र्यान्डम नमूना छनौट विधिको प्रयोग गरी कुल जम्मा ७६२ जना छात्राहरू यस अध्ययनको नमुना जनसंख्यामा परेका थिए । तथ्याङ्क सङ्कलनको लागि प्रश्नावलीलाई मुख्य साधनको रूपमा प्रयोग गरिएको थियो भने आवश्यकता अनुसार समूह केन्द्रित छलफल FGD पनि संचालन गरिएको थियो । महिनावारीको सम्बन्धमा तराईमा ५९ प्रतिशत र पहाडमा ५१ प्रतिशत छात्राहरूले आमाबाट ज्ञान लिने गरेको पाइयो । भने शिक्षक शिक्षिकाबाट ज्ञान लिनेको प्रतिशत २१ मात्र पाइयो । महिनाबारीको समयमा सबैभन्दा धेरै ८५.१६प्रतिशत तल्लो पेट दुख्ने र दोस्रो नम्बरमा ५३.११ प्रतिशत कम्मर दुख्ने लक्षण उत्तरदातामा पाइयो । महिनावारी हुने कारण सम्बन्धी उत्तरदाताको ज्ञान परीक्षण गर्दा ७० प्रतिशत छात्राहरूमा सही ज्ञान भएको पाइयो । भने ५ प्रतिशत छात्राहरूले पूर्वजन्मको पाप वा देवी देउताको श्रापको कारण महिनावारी हुने कुरा वताएका थिए ।अण्ड निष्काशनको समयावधि सम्बन्धी ज्ञान परीक्षण गर्दा ६२ प्रतिशत छात्राहरूलाई कुनै ज्ञान नभएको पाइयो । महिनावारीको समयमाआउन सक्ने जटिलताहरू सम्बन्धमा उत्तरदाताको ज्ञान परीक्षण गर्दा ७१ प्रतिशतले योनीमार्ग र पाठेघरमा संक्रमण हुने कुरा बताए भने १४ प्रतिशतले अण्डाशय र पाठेघरमा क्यान्सर हुनसक्छ भनी बताए । महिनाबारीको समयमा छुट्टै बस्नुपर्ने वा नछोइने कारण सम्बन्धमा उत्तरदाताको ज्ञानको परीक्षण गर्दा ४४.२ प्रतिशतले कुनै वैज्ञानिक कारणनभएकोले छुट्टै बस्नु आवस्यक छैन भनी सही जवाफ दिए भने १३.२ प्रतिशतले धार्मिक विश्वासअनुसार छुट्टै बस्नु उचित हो भनेका थिए ।

Abstract
213
PDF
0

Author Biography

खिमानन्द Khimananda भण्डारी Bhandari, Butwal Multiple Campus, TU त्रि.वि, बुटबल बहुमुखी क्याम्पस

उप प्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूमा महिनावारी सम्बन्धी ज्ञान {Knowledge on menstruation among the girls of secondary school}. (2023). Kaladarpan कलादर्पण, 3(1), 107-116. https://doi.org/10.3126/kaladarpan.v3i1.55242

Issue

Section

Articles

How to Cite

माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूमा महिनावारी सम्बन्धी ज्ञान {Knowledge on menstruation among the girls of secondary school}. (2023). Kaladarpan कलादर्पण, 3(1), 107-116. https://doi.org/10.3126/kaladarpan.v3i1.55242