उसको कथा कथामा लैङ्गिकता {Gender in his fiction}

Authors

  • माया Maya घिमिरे Ghimire राममणि बहुमुखी क्याम्पस, रूपन्देही नेपाली विभाग

DOI:

https://doi.org/10.3126/kaladarpan.v4i1.62831

Keywords:

प्रतिनिधित्व, नारीवाद, लैङ्गिक भेद, उत्पीडन, पितृसत्ता, patriarchy, feminism, gender discrimination, oppression, representation

Abstract

प्रस्तुत लेख लैङ्गिकताको सिद्धान्तका आधारमा उसको कथा कथाको विश्लेषणमा केन्द्रित छ । लैङ्गिकता महिला र पुरुषलाई समाजले निर्धारण गरेको भूमिकासँग सम्बन्धित अवधारणा हो । लैङ्गिकताको अध्ययन लैङ्गिक समालोचनाका पितृसत्ता, प्रभुत्व, शक्तिसम्बन्ध, नारीवाद, लैङ्गिक प्रतिनिधित्व, लैङ्गिक पहिचान,लैङ्गिक भेद, लैङ्गिक दमन, लैङ्गिक हिंसा, लैङ्गिक उत्पीडन, लैङ्गिक प्रतिरोधजस्ता प्रतिमानका आधारमा गर्न सकिन्छ तापनि यस लेखमा पितृसत्ता, नारीवाद, प्रतिनिधित्व र पहिचानको सैद्धान्तिक स्वरूपका आधारमा उसको कथा कथाको सोदाहरण विश्लेषण गरी निष्कर्षात्मक मूल्याङ्कनसमेत प्राप्त भएको छ्र । यो लेख उसको कथा कथामा ‘ऊ’ पात्र पितृसत्ता र त्यसका संस्थाद्वारा नारी हुनाकै कारण लैङ्गिक भेद, हिंसा, दमन, शोषण र उत्पीडनमा परी किनारीकृत भई अधिकारबाट वञ्चित भएको संवेदनशील अवस्थाको विश्लेषणमा केन्द्रित छ । यस लेखमा मूल समस्या र शोध्यप्रश्न समाधानको लागि पाठविश्लेषणमा आधारित गुणात्मक पद्धतिको उपयोग भएको छ । लेखले नारीलाई कागजी सम्मान होइन, व्यावहारिक सम्मानको खाँचो छ भन्नेतर्फ सङ्केत गरेको छ । कृतिकेन्द्रित विश्लेषणमा आधारित यस लेखमा पितृसत्तात्मक समाज व्यवस्थाका कारण कथाकी मुख्य नारी पात्र ‘ऊ’ शारीरिक र मानसिक उत्पीडनमा परेको पुष्टि गरी लेखकीय विचारधारा लैङ्गिक समता र समानतातर्फ अभिमुख रहेको निष्कर्ष रहेको छ ।

{This article named "Usako katha kathama laingikata" focuses on the analysis of his story based on the theory of gender. Gender is a concept related to the roles assigned to men and women by society. The study of gender can be done based on the paradigms of patriarchy, dominance, power relations, hegemony, feminism, gender representation, gender identity, gender discrimination, gender oppression, gender violence, gender resistance, etc. This article emphasizes on the analysis of the sensitive situation in which the character 'she' in her story is marginalized, dominated and deprived of rights due to gender discrimination, violence, suppression, exploitation and oppression due to patriarchy and its institutions. In this article, a qualitative method based on sentential analysis has been used to solve the main problem and research question. The article circulates that women need practical respect, not paper respect. In this article based on the work-centered analysis, due to the patriarchal social system, the main female character of the story 'She' is being puppet of the male and patriarchy. It is concluded that the author's ideology is oriented towards gender equality and equity by confirming that the main female character of the story "She" is subjected to physical and mental oppression.}

Downloads

Download data is not yet available.
Abstract
23
PDF
15

Author Biography

माया Maya घिमिरे Ghimire, राममणि बहुमुखी क्याम्पस, रूपन्देही नेपाली विभाग

उपप्राध्यापक

Downloads

Published

2024-02-21

How to Cite

घिमिरे Ghimire म. M. (2024). उसको कथा कथामा लैङ्गिकता {Gender in his fiction}. Kaladarpan कलादर्पण, 4(1), 63–76. https://doi.org/10.3126/kaladarpan.v4i1.62831

Issue

Section

Articles