तीन बराबर पाँच कथामा सामाजिक तथ्य

Authors

Keywords:

अभौतिक सामाजिक तथ्य, अवलोकन, भौतिक सामाजिक तथ्य, सङ्घीभाव, समाजशास्त्रीय पद्धति, सामाजिक विधि

Abstract

प्रस्तुत लेखमा केशवराज ज्ञवालीको ‘तीन बराबर पाँच’ कथालाई कार्यपीठिकाका रूपमा लिएर यसमा अभिव्यक्त सामाजिक तथ्यहरूले पात्रका जीवनमा पारेका प्रभावहरूको निरूपण गरिएको छ । सामाजिक तथ्य भनेको व्यक्तिभन्दा बाहिर रहेर समाजलाई निर्माण एवम् नियन्त्रण गर्ने परिवार, धर्म, शिक्षा, सामूहिक मूल्य, सामाजिक प्रवाह, चेतना आदिको समष्टि शक्ति हो । ‘तीन बराबर पाँच’ कथामा आएका घटनाशृङ्खला, पात्रहरूको क्रियाकलाप र चिन्तन तथा विचारधारासित जोडिएर यसको परिवेशले भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पहिचानको सूक्ष्म अवलोकन गर्दै स्थानीयतालाई नेपालव्यापी कार्यपीठिका बनाएको सन्दर्भ स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा सामाजिक तथ्यका आयामहरूका आधारमा ‘तीन बराबर पाँच’ कथाको अध्ययनका निम्ति दुर्खिम (सन् १९५१, १९६० र १९८२) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक शोधअन्तर्गत उक्त कथाको पाठगत विश्लेषण गरिएको छ । यस क्रममा कथामा प्रयुक्त सामाजिक तथ्यको मूल्याङ्कनका निम्ति समाजमा जैविक र यान्त्रिक सङ्घीभाव सिर्जना गर्ने भौतिक सामाजिक तथ्य र अभौतिक समाजिक तथ्यका दुई ओटा उपकरणलाई विश्लेषणको आधार बनाइएको छ । यस लेखमा नेपाल र अमेरिकामा छुवाछुत एवम् रङलाई विभेदको कारण बनाई मान्छेले मान्छेलाई उत्पीडन, अन्याय र दलनमा पारी गरेको उपहासको खोजी गरिएको छ । ‘तीन बराबर पाँच’ कथामा समाजिक तथ्यहरूको प्रयोग गरेर कथाकारले प्रशासनिक सत्ता र सामाजिक मूल्यमान्यतालाई निरन्तरता दिने रूढ तथा विभेदमूलक चिन्तनले समाजका किनारीकरणमा परेका उत्पीडित जाति र रङका मान्छेलाई जीवनसङ्घर्षमा न्याय, समानता र अधिकार दिनाको साटो हत्या, आत्महत्या एवम् रुग्ण अवसादको अवस्थामा पु¥याउँछन् भन्ने निष्कर्ष निकालिएको छ । यसले गर्दा केशवराज ज्ञवालीको ‘तीन बराबर पाँच’ कथाका सामाजिक तथ्यहरूले वर्तमान सन्दर्भमा समाजलाई एकीकृत, सामञ्जस्यमूलक र शक्तिशाली बनाउनुभन्दा पनि प्रभुत्वशाली वर्ग, जाति, र रङका मान्छेको सेवा गर्ने र अन्यलाई जीवनबाटै पलायन हुन बाध्य पार्ने यथार्थलाई जीवन्त एवम् संवेदनशील ढङ्गले सम्प्रेषण गर्न सकेको देखिन्छ ।

Abstract
168
pdf
0

Downloads

Published

2025-01-30

How to Cite

तीन बराबर पाँच कथामा सामाजिक तथ्य. (2025). Kaladarpan कलादर्पण, 5(1), 13-23. https://doi.org/10.3126/kaladarpan.v5i1.74729

Issue

Section

Articles

How to Cite

तीन बराबर पाँच कथामा सामाजिक तथ्य. (2025). Kaladarpan कलादर्पण, 5(1), 13-23. https://doi.org/10.3126/kaladarpan.v5i1.74729