शास्त्रीय बहरको प्रयोगमा नेपाली गजल {Nepali ghazal in the use of classical behr}

Authors

  • गणेश Ganesh शर्मा Sharma Teacher in Nepali at Shiva Shakti Secondary School, Nepal

DOI:

https://doi.org/10.3126/kanyaj.v3i1.45400

Keywords:

मुरक्कब, मुफरद, मुजाहिफ, बहर

Abstract

फारसी भाषामा प्रयुक्त शास्त्रीय बहरको प्रयोग नेपाली गजल सिर्जनामा हुँदै आएको पाइन्छ । बहर फारसी भाषाको शब्द हो, यसलाई नेपाली भाषामा छन्दले चिनिन्छ । परम्परागत रूपमा चल्दै वा प्रयोग हुँदै आएका छन्दलाई नै शास्त्रीय बहर भनिएको पाइन्छ । फारसी भाषामा प्रयोग हुँदै आएका शास्त्रीय बहरका प्रकारहरू उल्लेख गर्दै तिनको प्रयोग नेपाली गजल सिर्जनामा के कसरी गरिएको छ भन्ने उद्देश्यमा प्रस्तुत अध्ययन केन्द्रित रहेको छ । पुस्तकालयीय कार्यबाट द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी वर्णनात्मक अध्ययन विधिको प्रयोगमार्फत् तथ्याङ्कको विश्लेषण गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । बहरको सैद्धान्तिक आधारलाई प्रस्तुत गर्दै आवश्यकतानुसार तालिका साथै नेपाली गजल सिर्जनामा प्रयोग भएका फारसी बहरका साक्ष्यलाई समेत यस कार्यमा अध्ययन गरिएको छ । अरबी फारसी भाषामा बहरको सङ्ख्या एकिन नभए पनि बहरलाई मूलतः मुफरद, मुरक्कब र मुजाहिफ गरी ३ प्रकार र यीभित्र विभिन्न बहर समावेश नेपाली गजलमा गरिएको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
79
PDF
50

Downloads

Published

2022-05-26

How to Cite

शर्मा Sharma ग. G. (2022). शास्त्रीय बहरको प्रयोगमा नेपाली गजल {Nepali ghazal in the use of classical behr}. Kanya Journal, 3(1), 89–100. https://doi.org/10.3126/kanyaj.v3i1.45400

Issue

Section

Articles