स्नातक तहको नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग {Use of text and context in undergraduate level Nepali grammar teaching}

Authors

  • विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma Lecturer in Nepali at Prithvi Narayan Campus, Nepal

Keywords:

सन्दर्भ, अन्तरक्रिया, एकीकृत विधि, पाठ, व्याकरण, Ekikrit path vidhi, byakaran, antarkriya

Abstract

यो अनुसन्धानमूलक लेख स्नातक तहको नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग कति र कसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासाको खोजीमा केन्द्रित छ । यसका लागि स्नातक तहको व्याकरण पाठ्यांशमा निर्धारित भाषातइभ्वका पाठ्यवस्तुमा आधारित भई अनुसन्धान कार्य गरिएको छ । यो अनुसन्धान मिश्रित ढाँचा तथा निगमनात्मक पद्धतिमा आधारित भएकाले प्राथमिक स्रोतबाट तथ्य सङ्कलन गर्न अन्तर्वार्ता मार्गदर्शन र कक्षा अवलोकन उपकरणको सहायता लिइएको छ । सोद्देयश्यमूलक नमुना छनोट पद्धतिका आधारमा पोखरा महानगरभित्रका स्नातक तहमा नेपाली व्याकरण शिक्षण गर्ने १० जना शिक्षक र १० ओटा कक्षाबाट वस्तुगत र विषयगत तथ्याङ्क सङ्कलन गरी तिनको तथ्याङ्कशास्त्रीय र शाब्दिक व्याख्याका साथ अनुसन्धानमा प्रस्तुत उद्देश्यको पुष्टि गरिएको छ । अनुसन्धानमा व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग सिद्धान्तको सहयोग लिइएको छ । अनुसन्धानबाट प्राप्त निष्कर्षअनुसार ७० प्रतिशत शिक्षकले स्नातक नेपाली व्याकरण पाठ्यांशलाई सम्प्रेषणात्मक प्रकृतिको भनेका, ८० प्रतिशत शिक्षकले अक्षर संरचना शिक्षणलाई पाठमा आधारित बनाएका, ५० प्रतिशत शिक्षकले वर्णविन्यास शिक्षणमा अनुच्छेदलाई आधार बनाएको पाइन्छ । यसैगरी ८० प्रतिशत शिक्षकले शब्दवर्ग शिक्षणमा अनुच्छेदलाई आधार बनाएको, ७० प्रतिशत शिक्षकले शब्दस्रोत शिक्षणमा पाठ र सन्दर्भको प्रयोग गरेको, ६० प्रतिशत शिक्षकले शब्द निर्माणमा पाठ र सन्दर्भको उपयोग गरेको देखिन्छ । समग्रमा स्नातक नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग पाठ्यक्रमको उद्देश्यअनुसार हुन नसकेको, शिक्षक विद्यार्थी अन्तरक्रिया प्रभावकारी बन्न नसकेको, प्रस्तुतीकरण अभ्यास र उत्पादनजस्ता शिक्षण कार्यले अपेक्षित सफलता पाउन नसकेको निष्कर्ष यसमा स्थापित गरिएको छ ।

Abstract
329
PDF
1

Downloads

Published

2022-05-26

How to Cite

शर्मा Sharma व. B. (2022). स्नातक तहको नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग {Use of text and context in undergraduate level Nepali grammar teaching}. Kanya Journal, 3(1), 135-133. https://doi.org/10.3126/kanyaj.v3i1.45404

Issue

Section

Articles

How to Cite

शर्मा Sharma व. B. (2022). स्नातक तहको नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग {Use of text and context in undergraduate level Nepali grammar teaching}. Kanya Journal, 3(1), 135-133. https://doi.org/10.3126/kanyaj.v3i1.45404