सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष

Authors

  • Gautam Ranabhat

DOI:

https://doi.org/10.3126/kanyaj.v4i1.57054

Keywords:

अभिव्यक्त, मिथकीय, लालित्यमय, शृङ्गारप्रेम, हृदयस्पर्शी

Abstract

सन्की सिपाही मुक्तककृतिमा अभिव्यक्त प्रेम पक्ष शीर्षकको प्रस्तुत अनुसन्धान लोकेन्द्र डहरेको उक्त कृतिमा सङ्गृहीत मुक्तकमा अभिव्यक्त प्रेम पक्ष कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित छ । समस्या निराकरणका लागि सङ्ग्रहभित्रका मुक्तकमा अभिव्यक्त प्रेम पक्षको पहिचान गरी विवेचना गर्ने उद्देश्य रहेको छ । अनुसन्धानलाई पूर्णता दिन सामग्री सङ्कलनका क्रममा पुस्तकालयलाई प्रमुख स्रोत बनाइएको छ । डहरेका मुक्तकलाई प्राथमिक स्रोत मानेर आवश्यकतानुसार विभिन्न विद्वान्ले चर्चा गरेका अध्ययन–अनुसन्धान, व्याख्या–विश्लेषण, समीक्षा–समालोचनालाई द्वितीय स्रोत सामग्रीका रूपमा लिइएको छ । प्रेम पक्षमा समाहित राष्ट्रप्रेम, प्रकृतिप्रेम, मातृत्वप्रेम, भातृत्वप्रेम, शृङ्गारप्रेम, आध्यात्मिकप्रेमका सन्दर्भमा विभिन्न विद्वान्ले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई सैद्धान्तिक आधार मानिएको छ । डहरेको व्यक्तित्व र कृतित्वको सामान्य चर्चा भए पनि प्रेम पक्षलाई आधार बनाएरै अनुसन्धान नभएकाले प्रस्तुत अनुसन्धानमा त्यसको पुष्टि गरिँदा सम्बन्धित क्षेत्रका अध्येतालाई आवश्यक पृष्ठपोषण र मार्गदर्शन प्राप्त हुने भएकाले यसको औचित्य र महत्त्व सुस्पष्ट हुन्छ । मानवीय चिन्तन तथा चेतनाका सन्दर्भलाई सरल, सहज, सरस मात्र नभएर विम्बात्मक साथै प्रतीकात्मक तरिकाले व्यक्त गरिएका मुक्तकमा प्रेम पक्षलगायतको कलात्मक अभिव्यक्ति पाइन्छ । त्यही अभिव्यक्तिमा नेपाली समाजको विगत, वर्तमानको यथार्थ र भविष्यको पाश्र्वचित्र फेला पर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
39
PDF
38

Downloads

Published

2023-08-03

How to Cite

Ranabhat, G. (2023). सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष. Kanya Journal, 4(1), 79–88. https://doi.org/10.3126/kanyaj.v4i1.57054

Issue

Section

Research Article