स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता

Authors

  • Shreedhar Neupane

DOI:

https://doi.org/10.3126/kanyaj.v4i1.57075

Keywords:

अप्रामाणिक अस्तित्व, चित् भविता, जड भविता, प्रामाणिक अस्तित्व, विद्रोह

Abstract

प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वर्गीय हीरादेवीको खोज उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता भविताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । स्वर्गीय हीरादेवीको खोज उपन्यासमा अस्तित्ववादी भविताको अभिव्यक्ति कसरी भएको छ भन्ने समस्या समाधान गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । यथास्थितिलाई अवलम्बन गरी पतनतिर लाग्ने वा आफू बन्नाका लागि स्वयम् सक्रिय बन्ने भन्ने मान्यता अस्तित्ववादी भवितासँग सम्बन्धित रहेको छ । विवेच्य उपन्यासमा अस्तित्ववादी जीवनदृष्टिको अभिव्यक्ति भएको छ भन्ने कुराको जानकारी पूर्वकार्यको अध्ययनबाट भए पनि भविताका कोणबाट गरिने अध्ययनको रिक्तता रहेकाले यस अध्ययनको सान्दर्भिकता देखिएको छ । तसर्थ अस्तित्ववादी भविताको मर्मअनुरूप निर्मित उपकरणहरू जीवनजगत्प्रतिको स्वाभाविकता, रिक्तताको बोध र अस्तित्वका लागि सक्रियतालाई आधार बनाई उपन्यासको विश्लेषण गरिएको छ । बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय स्थापित गरिएको छ । पाठविश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनका लागि आवश्यक पर्ने सामग्री पुस्तकालय र ईपुस्तकालयबाट सङ्कलन गरिएको छ । अस्तित्ववादी भविताका कोणबाट विवेच्य उपन्यासको अध्ययन गरिएकाले निगमनात्मक अध्ययनविधि अवलम्बन यस अध्ययनमा गरिएको छ । यस उपन्यासका अस्तित्वशील पात्रले जड भविताबाट माथि उठी अस्तित्वका लागि सङ्घर्ष गर्दा आइपरेका समस्याको सामना गर्न तयार भएका तर सम्झौता र आत्मसमर्पण गर्ने पलायनवादी चिन्तनबाट अलग रहेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
26

Downloads

Published

2023-08-03

How to Cite

Neupane, S. (2023). स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता. Kanya Journal, 4(1), 117–128. https://doi.org/10.3126/kanyaj.v4i1.57075

Issue

Section

Research Article