भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि

Authors

  • Bishnu Prasad Sharma
  • Ganesh Chalise

Keywords:

रचना, पाठ, भाषातत्व, शिक्षण, स्नातक

Abstract

प्रस्तुत अनुसन्धानत्मक लेख भाषातत्व शिक्षणका क्षेत्रमा केन्द्रित छ । स्नातक तहको नेपाली भाषातत्व(व्याकरण) शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्थाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । यसका लागि गुणात्मक अनुसन्धान विधि, व्याख्यावादी दृष्टिकोण, रचनामुखी व्याकरण शिक्षणका सिद्धान्त, आगमनात्मक पद्धति र मामला अध्ययन ढाँचालाई आधार बनाइएको छ । यसो हुनाले यस कार्यमा सत्य, ज्ञान, मूल्य र तर्कलाई पनि गुणात्मक विधिका आधारमा निर्धारण गरिएको छ । कास्की जिल्लामा स्नातक तहका कक्षा सञ्चालन भएका दश वटा शिक्षालयमा पुगी कक्षा अवलोकन उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । यसैगरी पुस्तकालय कार्यबाट पनि द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनको विषयगत (थिमेटिक) आधारमा व्याख्या, विश्लेषणका साथ प्राप्त परिणामउपर छलफल गरिएको छ । भाषातत्वका प्रतिमान (अक्षर संरचना, वर्णविन्यास, शब्दस्रोत, शब्दवर्ग, शब्दनिर्माण लगायत) को शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्था सन्तोषजनक देखिन्छ । भाषातत्व शिक्षणमा व्याख्या, छलफल, प्रश्नोत्तर, अन्तरक्रिया, समूहकार्य, नियम, उदाहरण, परिभाषा जस्ता रचनामुखी व्याकरण शिक्षणका विधिभित्र पर्ने सामान्य कार्यकलापको उपयोग भए पनि प्रस्तुतीकरण, पुनर्लेखन, उत्पादन परियोजना कार्यजस्ता विशिष्ट कार्यकलापको उपयोग सर्वत्र भएको देखिँदैन । समग्रमा यस तहको व्याकरण शिक्षण अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र स्नातक तहको अनिवार्य नेपाली पाठ्यक्रम (२०७९) को मर्म र भावनाअनुसार अपेक्षित मात्रामा रचनामुखी बन्न सकेको देखिँदैन । निर्धारित पाठ्यवस्तुको सिकाइ सहजीकरणका लागि पाठ र सन्दर्भलाई आधार बनाई सिकारुमैत्री र सहभागितामूलक सिकाइ शैलीका आधारमा रचनामुखी व्याकरण शिक्षणलाई सफल र प्रभावकारी बनाउन आवश्यक हुन्छ ।

Abstract
74
PDF (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि. (2025). Kanya Journal, 6(01), 137-154. https://doi.org/10.3126/kanyaj.v6i01.87726

Issue

Section

Research Article

How to Cite

भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि. (2025). Kanya Journal, 6(01), 137-154. https://doi.org/10.3126/kanyaj.v6i01.87726