प्राथमिक विद्यालयमा सरकारी लगानी र शैक्षिक दक्षता {Government investment and educational efficiency in primary schools}

Authors

  • ठाकुरप्रसाद Thakurprasad रसाइली Rasaili कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

DOI:

https://doi.org/10.3126/kj.v2i1.47560

Keywords:

प्रतिफल दर, Rate of return, primary school, cost benefit analysis, educational investment, educational efficiency, शैक्षिक लगानी, शैक्षिक दक्षता, लागतलाभ विश्लेषण

Abstract

यस अध्ययनको मुख्य उद्देश्य प्राथमिक विद्यालय शिक्षाको दक्षतामा सरकारी लगानीको प्रभावलाई विश्लेषण गर्नु रहेको छ । यस प्रयोजनका लागि मिश्रित ढाँचामा रही उद्देश्यमूलक नमुना विधिबाट छनोट गरिएका ती प्राथमिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग प्रश्नावली र अवलोकन साधन प्रयोग मार्फत सूचना तथा परिमाणात्मक तथ्याङ्कहरू सङ्कलन गरिएको छ । नेपालको प्राथमिक विद्यालय शिक्षामा शिक्षा बजेटको आधाभन्दा बढी सरकारी रकम लगानी गरिँदै आएको अवस्थामा कनकाई नगरपालिकामा सञ्चालन हुँदै आएका प्राथमिक विद्यालयहरूको आन्तरिक शैक्षिक दक्षता के कस्तो छ भन्ने कुराहरूमा केन्द्रित यस अध्ययनको निष्कर्ष अनुसार दक्षता वृद्धिमा लगानीको उपयोग न्यून हुने गरेको देखिएको छ । मूल रूपमा अध्ययन विद्यालयको सेवा क्षेत्रका प्राथमिक विद्यालय उमेर समूहका बालबालिकाहरूको न्यून भर्ना सङ्ख्या रही त्यसलाई वृद्धि गर्न नसकेको र शैक्षिक क्षतिको दर पनि ६० प्रतिशतसम्म रहेको पाइएकोछ । विद्यालयहरूले विगत तीन वर्ष (२०१८–२०२०) बिचमा प्राप्त गरेको अनुदान रकम मध्ये ५.५ देखि ३४.९ प्रतिशतसम्म भौतिक संरचना तथा सामग्रीहरूमा खर्च गरेको पाइयो । भौतिक सुविधाहरू पर्याप्त हुँदा पनि तिनीहरूको उपयोग गर्ने विद्यार्थी सङ्ख्या न्यून रहेको देखिएको छ । विद्यालयको कक्षा छाड्ने दर ६० प्रतिशतसम्म पाइएको छ । शैक्षिक क्षतिको दर बढी भएका कारण प्राथमिक तह पूरा गर्ने दरमा पनिकमी देखिएको छ । विद्यालय तहमा अनुदान रकमको न्यून उपयोग भएको पाइएको हुँदा त्यसको उपयोगितामा वृद्धि गरी दक्षता बढाउनु पर्ने देखिन्छ । त्यस्तै विद्यार्थी भर्ना सङ्ख्या कम हुनुका कारणहरूको खोजी गरी त्यसलाई सही रूपमा सम्बोधन गर्ने खालका योजना तथा कार्यक्रमहरू अभिभावकहरूको सहभागितामा सञ्चालन गर्नुपर्ने देखिन्छ । विद्यार्थीको मातृभाषाका शब्द, वाक्यगठन, व्याकरण, लिपि आदिसँग सहसम्वन्ध राख्तै अङ्गे्रजी माध्यमको पठनपाठनको व्यवस्था गरी त्यसलाई उपलब्धिमूलक रूपमा सञ्चालन गर्न सकेमा विद्यार्थी भर्ना सङ्ख्या बढ्नुका साथै शैक्षिक क्षतिसमेत न्यूनीकरण गर्न सकिने देखिन्छ ।

{The main objective of this study is to analyze the effect of government investment on the efficiency of primary school education. For this purpose, information and quantitative data have been collected through the use of questionnaires and observation tools with the principals of those primary schools selected through the purposive sampling method in a mixed format. According to the findings of this study focused on the internal educational efficiency of primary schools operating in Kankai municipality, when more than half of the government funds are invested in primary school education in Nepal, it is seen that the use of investment in increasing efficiency is minimal. According to the findings of this study focused on the internal educational efficiency of primary schools operating in Kankai municipality, when more than half of the government funds are invested in primary school education in Nepal, it is seen that the use of investment in increasing efficiency is minimal.It was found that 5.5 to 34.9 percent of the grant money received by schools between the last three years (2018-2020) was spent on physical structures and materials. Although the physical facilities are sufficient, it is seen that the number of students using them is low. The dropout rate of the school has been found to be 60 percent. Due to the high rate of educational attrition, there is also a decrease in the rate of completion of the primary level. Since it has been found that the grant funds are underutilized at the school level, it seems that there is a need to increase their efficiency and increase their efficiency. Similarly, it seems that the reasons for the low number of student enrollments should be investigated and plans and programs should be conducted with the participation of parents to address them properly.It seems that if the teaching of English medium can be arranged and conducted in an effective manner while keeping correlation with the words, syntax, grammar, script etc. of the students' mother tongue, the number of student enrollments will increase as well as educational losses can be reduced.}

Downloads

Download data is not yet available.
Abstract
77
PDF
128

Author Biography

ठाकुरप्रसाद Thakurprasad रसाइली Rasaili, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

उप प्राध्यापक
Assistant lecturer

Downloads

Published

2022-08-17

How to Cite

रसाइली Rasaili ठ. T. (2022). प्राथमिक विद्यालयमा सरकारी लगानी र शैक्षिक दक्षता {Government investment and educational efficiency in primary schools}. Kanakai Journal, 2(1), 78–92. https://doi.org/10.3126/kj.v2i1.47560

Issue

Section

Articles