साकेला सिली संस्कृति

Authors

  • Shalik Ram Rai

DOI:

https://doi.org/10.3126/kp.v4i1.79186

Keywords:

साकेला सिली, उधौली, उभौली

Abstract

साकेला सिली संस्कृति राई जातिमा प्रचलित अभिनयात्मक मौलिक नृत्यकला हो । लेख्यपरम्परा र भाषाको विकास नभएको बेला आफुले प्राप्त गरेको मौलिक ज्ञान, सिप, कला र सिलीमार्फत यसलाई एक पुस्ताबाट अर्को पुस्तामा निरन्तर रुपमा हस्तान्तरण गर्दै ल्याएको देखिन्छ । यसलाई  प्रदर्शनी कलाको रुपमा चिनिन्छ, किनकि यसमा कथा, पात्र, अभिनय, नृत्य, गीतसङ्गीत, वाद्यवादन र भेषभूषा जस्ता अनिवार्य तङ्खवहरुको रुपमा प्रदर्शित हुन्छ । साकेला सिलीका प्रकृति वा स्वरुपले हेर्दा यसमा हाते सिली (हात प्रधान भएको) सिली, खुट्टे सिली (खुट्टा प्रधान भएको), रैका सिली (सामूहिक रुपमा सबैले नाच्न मिल्ने), मुन्दुमी  सिलीहरु आदि रहेका छन् । यो सिलीसँग सम्बद्ध संस्कृतिसम्बन्धि केही विद्वानहरुले अध्ययन गरेका छन् तथापि साकेला सिली भनेको के हो ? सिलीको प्रकृति र स्वरुप केकस्तो रहेको छ ? यसलाई  प्रदर्शनी कलाको रुपमा किन लिइन्छ ? धिरिनाम र छिरिनाम (उभौली उधौली) मा नाचिने साकेला सिलीहरु केकति प्रकारका हुन्छन् ? भन्ने प्रश्नहरु उत्तर खोजी गर्नु यस लेखको उद्देश्य रहेको छ । यसमा साकेला सिली विषयवस्तु प्रकृतिको हिसाबले गुणात्मक तथा इथ्नोग्राफी अध्ययन विधि अपनाइएको छ । यसमा प्राथमिक र द्वितीयक स्रोतहरु उपयोग गरिएको छ । विभिन्न माध्यमहरुबाट सड्ढलित तथ्याड्ढहरुलाई गुणात्मक तथ्याड्ढ विधिबाट वर्णानात्मक र व्याख्यात्मक पद्धति अवलम्वन गरी विश्लेषण गरिएको छ । तथ्याड्ढहरुलाई सम्पादन, सड्ढतीकरण, वर्गीकरण र तालिकीकरण गरी प्रशोधन गरिएको छ । प्रशोधित तथ्याड्ढहरुलाई प्रस्तुत गरी अध्ययनको निष्कर्ष निकालिएको छ  ।

Downloads

Download data is not yet available.
Abstract
109
PDF
81

Downloads

Published

2025-05-27

How to Cite

Rai, S. R. (2025). साकेला सिली संस्कृति. Kirat Pragya किरात प्रज्ञा, 4(1), 67–77. https://doi.org/10.3126/kp.v4i1.79186

Issue

Section

Articles