खालिङ राई संस्कृतिमा राक्चिकी फोमेन्दो (भाङग्रा/फयाङ्गा) को महत्व
DOI:
https://doi.org/10.3126/kp.v4i1.79187Keywords:
मुन्दुम, निन्वामरिदम, राक्चिकीफोमेन्दो, रिसिवा, रिसिया, रिसिव्याAbstract
यस आलेखले नेपालको आदिवासी किरात राईको राक्चिकी फोमेन्दो (भाङग्रा÷फ्याङगा) सँग जोडिएको ज्ञान, सास्कृतिक चलन, आध्यात्मिक विश्वास, मनोविज्ञान र सभ्यताको मुन्दुमी आधारलाई चिनाउँछ । यो एथनोग्राफिक अध्ययनले बहुभाषिक किरात राई समुदायमध्ये खालिङ राईले भोगेका भाङग्रा संस्कारसँग जोडिएका चुनौतीहरु र कार्यान्वयनको लेखाजोखा पनि गरेको छ । आदिवासी समुदायका बाल बालिकाहरु त्यस्ता सांस्कृतिक, धार्मिक भेषभूषाको बारेमा अनजान रहेका छन् । एकल सांस्कृतिक विश्वासको बजारले गर्दा आदिवासीहरुको कमजोर राजनीतिक, आर्थिक, शैक्षिक स्थिति देखिन्छ । एकल सांस्कृतिक विश्वासलाई प्रवद्र्धन गर्ने औपचारिक शैक्षिक नीतिले गर्दा यो अवस्था आएको हो । आदिवासी सांस्कृतिक विश्वासहरुले पृथ्वीको आयुसँग जोडछन् । प्राकृतिक स्रोत साधनसँग जोडिएका हुन्छन् । उनीहरुको मौखिक सांस्कृतिक अभ्यास हुन्छ । अरुहरुको लिखित सांस्कृतिक अभ्यास हुनाले ती अभ्यासहरुबिचमा फरक सोच बनेको देखिन्छ । विद्यार्थी, समाजसेवी, शैक्षिकविशेषज्ञ, शिक्षकहरुले यो कुरामा हेक्का राख्नु पर्छ भन्ने यो लेखको ठम्याइ हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.