युद्ध कथामा जाति, क्षण र पर्यावरण {Race, moment and environment in war fiction}

Authors

  • Bishnu Neupane Tribhuvan University

DOI:

https://doi.org/10.3126/mj.v3i1.47939

Keywords:

सीमान्तीकृत, संस्कृति, अन्तर्घुलित, त्रितत्व, पहिचान, समाजशास्त्र

Abstract

प्रस्तुत आलेख समाजशास्त्रीय मान्यताका आधारमा माया ठकुरीको युद्ध कथाभित्र रहेका जाति, क्षण र पर्यावरणको विश्लेषणमा केन्द्रित छ । यसका लागि प्रस्तुत कथामा रहेको सामाजिक पर्यावरण तथा आख्यान (कथानक, पात्र, परिवेश) र समाजको सम्बन्धलाई केलाइएको छ । समाजशास्त्री हिप्पोलाइट एडल्फ तेन ( टेन) को समाजशास्त्रीय मान्यताअन्तर्गत प्रजाति, क्षण र पर्यावरणलाई यस कथाको विश्लेषणको आधार बनाइएको छ । सामग्री सब्कलनका क्रममा माया ठकुरीको आमा ! जानुहोस् (२०६४) कथासब्ग्रहमा सब्गृहीत युद्ध कथालाई प्राथमिक स्रोतका रूपमा र कथाहरूबारे गरिएका समीक्षा, समालोचना र शोधप्रतिवेदनलाई द्वितीय स्रोतका रूपमा लिएर गुणात्मक विधिबाट विषयको विश्लेषण गरिएको छ । युद्ध कथामा प्रस्तुत गरिएको जातिगत विविधताको अवस्थाका बारेमा केलाउने काम जाति शीर्षक अन्तर्गत गरिएको छ । यस कथामा प्रस्तुत भएका समकालीन नेपाली समाजको मूल्य, मान्यता, संस्कार, संस्कृति लगायत राजनीतिक घटनालाई क्षण शीर्षकभित्र राखेर अध्ययन विश्लेषण गरिएको छ । त्यसैगरी पर्यावरण अन्तर्गत समाजको भौतिक तथा प्राकृतिक पर्यावरणका साथै सामाजिक, सांस्कृतिक तथा राजनीतिक पक्ष पनि समेटिएको छ । भिन्न सामाजिक, भौगोलिक परिवेशबाट लिइएका पात्रहरूले शिक्षा र चेतनाको आलोकबाट ओझेल परेर गरिबी, शोषण, अन्याय एवम्अन्धविश्वासको अँध्यारो पर्दाभित्र अत्यन्त दुःखद र कष्टपूर्ण जीवन जिउन बाध्य भएको अवस्थालाई कथाले अभिव्यञ्जित गरेको छ । तत्कालीन आर्थिक, सामाजिक यथार्थताको झलक प्रस्तुत गर्न सफल यस कथाको समाजशास्त्रीय कोणबाट अध्ययन विश्लेषण गर्नु यस आलेखको मूल अभीष्ट रहेको छ । प्रस्तुत कथामा हिपोलाइट तेनले अघि सारेको समाजशास्त्रीय मान्यता भित्रका जाति, क्षण र पर्यावरणको सशक्त प्रयोग भएकाले समाजशास्त्रीय अध्ययनका दृष्टिले प्रस्तुत कथा अत्यन्त उपयोगी रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
75
PDF
55

Author Biography

Bishnu Neupane, Tribhuvan University

Assistant Professor of Nepali at Saraswati Multiple Campus Kathmandu

Downloads

Published

2022-09-02

How to Cite

Neupane, B. (2022). युद्ध कथामा जाति, क्षण र पर्यावरण {Race, moment and environment in war fiction}. Marsyangdi Journal, 3(1), 22–37. https://doi.org/10.3126/mj.v3i1.47939

Issue

Section

Article section