नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav

Authors

  • लिलाबल्लभ Lilaballav ढकाल Dhakal बुटबल बहुमुखी क्याम्पस, बुटबल Butwal Multiple Campus, Butwal

DOI:

https://doi.org/10.3126/nutaj.v6i1-2.23266

Keywords:

विश्वव्यापिकरण Globalisation, श्रम बजार Sram bajar, विज्ञान तथा प्रविधि Bigyan tatha Pravidhi, आन्तरिक तथा वाह्य बजार र राष्ट्रिय स्वाधिनता

Abstract

विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मानवजाति विचको अन्तरसम्बन्धलाई बढावा दिन्छ । यसले संसारका उद्यमीहरु विच प्रतिश्पर्धा तथा उदारीकरण र निजीकरणलाइ जोड दिदै विश्वका मुलुक तथा जनताहरुबिच एकिकृत तथा अन्तरआश्रित अर्थतन्त्रको निर्माणमा ध्यान दिन्छ । विश्वव्यापिकरणले पूँजी, प्रबिधि, श्रम तथा उत्पादनका अन्य साधनहरुको विश्वव्यापिरुपमा स्वतन्त्र आबागमनमा जोड दिने भएकोले एउटा अन्तरनिर्भर विश्वअर्थतन्त्र निर्माणमा कोषेढुङ्गाको काम गर्दछ । विश्वका बिभिन्न मुलुकहरुले निर्माण गरेका व्यापारिक अबरोधहरुको अन्त्य वा न्यूनीकरण गरी वस्तु तथा सेवाहरुको अन्तराष्ट्रिय बजारको निर्माण गर्दछ । नेपालले आफ्ना श्रमिकहरुलाइ अन्तराष्ट्रियश्रमबजारमा आपूर्ति गर्न सफल हुनुको मुख्यकारण पनि विश्वव्यापिकरणकै परिणाम हो । देशबाट ठूलो संख्यामाश्रमशक्ति विदेशी मुलुकहरुमा पुगी श्रम गरी खर्बौंको बिप्रेषण नेपाल भित्रिएको छ । यसबाट नेपालमा गरिबी न्यूनीकरण भइ नेपालीहरुको आर्थिक स्तर बढाउने काम भएको छ । नेपाली उत्पादनले विदेशी बजार पाएको छ । पूँजी एवम् प्रबिधि भित्रीएको छ । नयाँ बिचार, पद्धति, संस्कृति एवम् सभ्यताको विनिमय भएको छ । तर यी फाइदाहरुको बाबजुत विश्वव्यापिकरणले नेपाललाई वैदेिशक बस्तुहरुको बजारमा रुपान्तरित गरेको छ । आन्तरिक उद्योगधन्दा विस्थापित भएका छन् । अन्तरनिर्भरता भन्दा पनि परनिर्भरता बढेर गएको अवस्था छ । व्यापार घाटा चुलिएर गएको छ । बिप्रेषणमा आधारित अर्थतन्त्र निर्माण हुन पुगेको छ ।

Downloads

Download data is not yet available.
Abstract
2198
pdf
2554

Author Biography

लिलाबल्लभ Lilaballav ढकाल Dhakal, बुटबल बहुमुखी क्याम्पस, बुटबल Butwal Multiple Campus, Butwal

सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-03-24

How to Cite

ढकाल Dhakal ल. L. (2019). नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav. NUTA Journal, 6(1-2), 172–176. https://doi.org/10.3126/nutaj.v6i1-2.23266