लेखनाथका कवितामा नियति [Destiny in Lekhnath's Poetry]

Authors

  • नेत्रप्रसाद न्यौपाने नेपाली विभाग, विश्वशान्ति चिरन मिलन क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v7i1-2.40006

Keywords:

आध्यात्मिक, कार्यकारण, नियन्ता, प्राकृतिक, प्रारब्ध ।

Abstract

नियतिभन्दा बाहिर जीवनचक्र सम्भव छैन । भाग्य कुनै पनि प्राणीको नियन्त्रणमा हुँदैन । जीवनचक्रको मूल कारण प्रारब्धको परिणाम हो । प्रारब्धको कर्मको फल नभइदिएको भए सबैको एकैखाले उन्नति हुने थियो । प्रकृति आफै स्वतन्त्र छ तर पनि प्राकृतिक नियम विपरीत प्रकृतिका पदार्थहरू पनि सञ्चालित छैनन् । तातो भएपछि हिउँ पग्लिनु प्राकृतिक नियम हो । मानिसहरूमा आइपर्ने अनेकौँ कठिनाइहरू पनि मानिसले आफै सिर्जना गरेका होइनन् । ती पूर्वजन्ममा गरिएका कर्मफलहरू हुन् ।  जीवन मानिसले सोचेजस्तो बन्न सक्दैन । प्रकृतिजगत् होस् अथवा नियतिजगत् दुवैलाई कार्यकारणको शृङ्खलामा जोड्ने तŒव दैव वा विधि हो । प्रकृतिमा परिवर्तन देखापर्नु प्रकृतिजगत्को नियति हो । विधि वा भाग्यले राजालाई मगन्ते र मगन्तेलाई राजा तथा धनीलाई निर्धन र निर्धनलाई धनी बनाइदिन्छ । नियतिले ललाटमा जस्तो गति दिएको छ त्यसलाई बदल्न सकिँदैन । दैव वा भाग्यले जे खटाउँछ त्यसैमा सन्तोष गरेर बस्नु नै उत्तम हुन्छ । नियतिका अगाडि बुद्धिले समेत काम गर्न सक्दैन । पूर्वीय दर्शनले स्वीकारेका यिनै आधारभूत मान्यताहरूलाई पृष्ठभूमि बनाएर प्रस्तुत लेख तयार पारिएको छ । [Life cycle is not possible outside of destiny. Fate is not under the control of any creature. The root cause of the life cycle is the result of destiny. Had it not been for the fruit of the deeds of destiny, everyone would have prospered equally. Nature itself is independent, but even the substances of nature do not operate contrary to the laws of nature. It is a natural law for snow to melt when it is hot. Many of the difficulties people face are not man-made. These are karma fruits done in the previous birth. Life cannot be what man thinks it is. God or method is the element that connects both the natural world and the destiny world in the chain of causation. It is the destiny of the natural world to see change in nature. Method or destiny makes the king the beggar and the beggar the king and the rich the poor and the poor the rich. The speed that destiny has given to the forehead cannot be changed. It is best to live contentedly with what God or destiny dictates. Even intellect cannot work before destiny. This article is based on these basic beliefs accepted by Eastern philosophy.]

Downloads

Download data is not yet available.
Abstract
89
PDF
96

Downloads

Published

2020-12-31

How to Cite

न्यौपाने न. . (2020). लेखनाथका कवितामा नियति [Destiny in Lekhnath’s Poetry]. NUTA Journal, 7(1-2), 119–133. https://doi.org/10.3126/nutaj.v7i1-2.40006

Issue

Section

Articles