स्वास्नीमान्छे नाटकमा आमूल नारीवाद {Radical feminism in Swasnimanche play}

Authors

  • साधना ‘प्रतीक्षा’ Sadhana Pratikshya पन्त Panta नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर Central Department of Nepali, TU

DOI:

https://doi.org/10.3126/nutaj.v8i1-2.44121

Keywords:

पितृसत्ता, उत्पीडन, लैङ्गिक, आमूल, विद्रोह

Abstract

बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा नारी पात्रको केन्द्रीयता रहेको छ । यस नाटकको प्रमुख भूमिकामा पनि नारी पात्रहरू नै रहेका छन् । ती नारी पात्रहरू पितृसत्तात्मक उत्पीडनको पृष्ठभूमिबाट उठेर त्यसप्रति अत्यन्त विद्रोही पनि देखिएका छन् । त्यसैले उनीहरूले नारीराज्य खडा गरेर पुरुषलाई दोस्रो स्थानमा राखेका छन् । यति मात्र होइन, उनीहरू पुरुषको भाव परिवर्तन गरेर उनीहरूमा नारी गुण प्रत्यारोपण गर्न समेत उद्दत देखिएका छन् । यसै सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो । यसमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत आमूल नारीवादी चिन्तनका आधारमा स्वास्नीमान्छे नाटकको विश्लेषण गरिएको छ । आमूल नारीवादी मान्यताले नारीउत्पीडनको प्रमुख कारक तत्त्वका रूपमा पितृसत्तालाई मानेको छ । यसमा आमूल नारीवादी मान्यताअन्तर्गत पितृसत्तात्मक उत्पीडन एवम् नारीविद्रोहका आधारहरू प्रस्तुत गरिएको छ । यसै आधारमा स्वास्नीमान्छे नाटकका नारी पात्रहरूले झेलेका उत्पीडन तथा सोही उत्पीडनको पृष्ठभूमिबाट उनीहरूले गरेको विद्रोहको निरूपण प्रस्तुत लेखमा गरिएको छ । स्वास्नीमान्छे नाटकमा पितृसत्तात्मक उत्पीडनका केकस्ता सन्दर्भहरू छन् र सो नाटकमा आमूल नारीवादी विचारको अभिव्यक्ति कसरी गरिएको छ भन्ने समस्याको प्राज्ञिक समाधान खोज्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख साहित्यिक भएको हुनाले यसमा सोहीअनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ । स्वास्नीमान्छे नाटकको सामाजिक परिवेशको आरम्भमा पितृसत्तात्मक उत्पीडनको प्रस्तुति गरिएको र तत्पश्चात् विद्रोही र पहिचानमुखी नारी पात्रहरूको उपस्थिति गराएर नारीपुरुषबिच द्वन्द्वको अवस्था सिर्जना गरेर आमूल नारीवादी विचारको अभिव्यक्ति गरिएको निष्कर्ष पनि यसमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
69
PDF
45

Downloads

Published

2021-12-31

How to Cite

पन्त Panta स. ‘प्रतीक्षा’ S. P. (2021). स्वास्नीमान्छे नाटकमा आमूल नारीवाद {Radical feminism in Swasnimanche play}. NUTA Journal, 8(1-2), 200–211. https://doi.org/10.3126/nutaj.v8i1-2.44121

Issue

Section

Articles