वैदिक दर्शनमा आनन्द (सुख) को स्वरूप(Form of Ananda (happiness) in Vedic philosophy)

Authors

  • गोविन्दशरण उपाध्याय मनोविज्ञान तथा दर्शनशास्त्र विभाग, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v9i1-2.53854

Keywords:

सुख, खुसी, आनन्द, भूमा, वैदिक (Sukh, happiness, joy, Bhuma, Vedic)

Abstract

सुख, खुसी तथा आनन्द – यी प्रचलित शब्द हुन् , सुखले भौतिक शरीरको, खुसीले मनको र आनन्दले आत्माका गुणहरूको प्रतिनिधित्व गर्छन् ः यो वैदिक बुझाइ हो । साधारण रूपमा सुन्दा र प्रयोग गर्दा पर्यायवाचीजस्ता प्रतीत भए पनि वैदिक ऋषिमुनि र आचार्यहरूले उपर्युक्त तिनै विषयवस्तुहरूलाई फरकफरक रूपमा साक्षात्कार गरेका छन् र साक्षात्कारका विधिहरू समेतको विशद चर्चापरिचर्चा गरेका छन् । उपनिषद्हरूले जीवनको प्राथमिक लक्ष्य सुखप्राप्ति, दोस्रो लक्ष्य सुख (रस) प्राप्ति र अन्तिम लक्ष्य नै आनन्द–प्राप्तिको बाटो तोकेका छन् । यो लक्ष्यलाई कसैले आनन्द, कसैले पूर्णता, कसैले मोक्ष, कसैले, मुक्ति, कसैले परमज्ञान, कसैले निर्वाण, कसैले ब्रह्मैकत्व र कसैले अभयपदको प्राप्ति भनेका छन् । भौतिक सुख, मानसिक रस र आध्यात्मिक उत्सवका रूपमा परमानन्द वा ब्रह्मानन्दको प्राप्तिका लागि कर्म, ज्ञान र भक्ति यी तीनवटा मार्गहरू पूर्वनिश्चित छन् । जीवले आफ्नो अभिमुखीकरणका आधारमा उपर्युक्त तीनमध्ये एउटा बाटोमा आफूलाई निमज्ज गर्छ र आनन्दको लक्ष्य प्राप्त गर्छ ्र भूमा–सुखको प्राप्तिको लागि हरेक जीवले स्वतन्त्र रूपमा शारीरिक सुख, मानसिक खुसी (रस) का खुड्किलाहरू पार गर्नैपर्छ । आनन्द तेस्रो खुड्किलो हो, जहाँबाट खुड्किलाहरूको सधैँका लागि अवशान हुन्छ । निःसन्देह, दर्शनशास्त्री तथा मनोवैज्ञानिकहरूले भूमा–सुखका विषयमा चर्चा गरेका छन् तथापि शरीर र तथा मनभन्दा माथिल्लो तहको पूर्णआनन्दका विषयमा उपनिषद्हरूले बढी चर्चा गरेका छन् । शरीर र मनको सुख त महत्त्वपूर्ण छन् नै । त्यसभन्दा पनि बढी महत्त्वपूर्ण आत्माको सुख (आनन्द) छ भन्ने विषयको प्रतिष्ठा यस अनुसन्धान आलेखले स्थापित गर्ने प्रयास गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
20

Downloads

Published

2022-12-31

How to Cite

उपाध्याय ग. (2022). वैदिक दर्शनमा आनन्द (सुख) को स्वरूप(Form of Ananda (happiness) in Vedic philosophy). NUTA Journal, 9(1-2), 133–138. https://doi.org/10.3126/nutaj.v9i1-2.53854

Issue

Section

Articles