‘नासो’ कथाभित्र पितृसत्ताको प्रभुत्वमा नारीचेतनाको स्तर (The level of women's consciousness under the dominance of patriarchy within the story of 'Naso')

Authors

  • प्रभा मरहट्टा वीरेन्द्र बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय नेपाल

Keywords:

अस्तित्व, नारीचेतना, पितृसत्ता, प्रभुत्व, सामाजिक चेतना । (Existence, Feminism, Patriarchy, Dominance, Social Consciousness)

Abstract

साहित्य समाजको प्रतिबिम्ब हो । यथार्थवादी कथामा समाजका यर्थाथ विवरण आउने हुँदा समकालीन समाजका स्थिति, परिवेश तथा मूल्य मान्यताहरू स्पष्ट आएका हुन्छन् । नासो कथा नारीपात्र सुभद्रालाई केन्द्रीय भूमिका दिइृ रचना गरिएको आदर्शोन्मुख यथार्थवादी कथा हो । यस कथामा पितृसत्ताका आडमा नारीहरुमाथि गरिएका अन्याय, शोषण, दमनलाई छोपेर आादर्श नारी कस्ता हुन्छन् देखाउन खोजिएको छ । तर  यथार्थको छिद्रबाट खोतलेर उनीहरुमाथि गरिएका शोषण, दमन, विभेद, हिंसा सजिलै अध्ययन गर्न सकिने हुँदा नारीवादी दृष्टिकोणबाट पितृसत्ताको प्रभुत्व र नारीचेतनालाई अध्ययनको केन्द्रविन्दु बनाइएको छ । पुरुषवर्गको प्रभुत्व रहेको नारी दमनकारी पितृसत्तात्मक परिवेश रहेको नासो कथामा नारीहरूप्रतिको दृष्टिकोण कथाका घटनाहरू र पात्रहरूका व्यवहारबाट अनुमान लगाउन सकिन्छ । आजभन्दा करिब असी वर्षअगाडि रचना गरिएको ‘नासो’ कथाको परिवेश हेर्दा वर्तमान परिवेशसम्म पनि नारीहरूमाथि गरिने दमन, शोषण, हत्या र हिंसाका शृङ्खलाहरू जस्ताको त्यस्तै रहेको देखिन्छ । जतिसुकै क्षमतावान् भए पनि वा जुनसुकै पद र प्रतिष्ठामा रहे पनि नारीहरूलाई नरकै मूल्यका वरिपरि घुमाएर कठपुतली बनाउने सामाजिक तथा पारिवारिक प्रवृत्ति यथावत रहेको छ । पितृसत्ताको आडमा पुरुष वर्गमा हुर्किएको पौरुष्य अहङ्कार तथा हेपाहा प्रवृत्ति यथावत छ । नारीहरूले आफ्ना हक, हितका पक्ष बोल्ने तथा सकेसम्म सचेत हुने प्रयास गर्दागर्दै पनि पितृसत्ताका हतियार तथा मतियार बनेका धर्म, संस्कार, नीति, शिक्षा, चेतना संयन्त्रका कारण नारीहरू कानुनी रूपमा स्थापित अधिकार प्रयोग गर्न पनि नसक्ने बनाइएका वा विविध प्रपञ्च सिर्जना गरी नदिने स्थिति सिर्जना गरिएका कारण निरीह हुनु पर्ने परिवेश छ । यस अध्ययनबाट पितृसत्ताले नारीहरूलाई मान्छेमा रूपमा नै नहेरी सदियौंदेखि पशुवत व्यवहार गर्दै आएको थियो र अझै त्यसको अवशेष बाँकी छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
189
PDF
1

Downloads

Published

2022-12-31

How to Cite

मरहट्टा प. (2022). ‘नासो’ कथाभित्र पितृसत्ताको प्रभुत्वमा नारीचेतनाको स्तर (The level of women’s consciousness under the dominance of patriarchy within the story of ’Naso’). NUTA Journal, 9(1-2), 170-182. https://doi.org/10.3126/nutaj.v9i1-2.53862

Issue

Section

Articles

How to Cite

मरहट्टा प. (2022). ‘नासो’ कथाभित्र पितृसत्ताको प्रभुत्वमा नारीचेतनाको स्तर (The level of women’s consciousness under the dominance of patriarchy within the story of ’Naso’). NUTA Journal, 9(1-2), 170-182. https://doi.org/10.3126/nutaj.v9i1-2.53862