सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel 'Aviral Baghydya Indravati' in the cultural light)

Authors

  • विष्णुप्रभा उपाध्याय नेपाली विभाग, वाल्मीकि विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालय

Keywords:

सामन्ती, निम्नमध्यम वर्ग, जीवनपद्धति, वर्गस्वार्थ, सङ्घर्ष, Feudalism, lower middle class, way of life, classism, struggle

Abstract

प्रस्तुत शोधलेख रमेश विकलद्वारा लेखिएको ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास (२०४०) मा चित्रित सांस्कृतिक पक्षसँग सम्बद्ध छ । यसमा इन्दावती नदी किनाराका समुदाय र विशेष गरी माझी जातिको सामाजिकस्थान, रहनसहन, भेषभूषा, आम्दानीको स्रोत, अधिकार उपयोग जस्ता विविध पक्षको अध्ययन र विश्लेषण गरी त्यहाँको सांस्कृतिक पक्ष केलाउने प्रयत्न गरिएको छ । संस्कृति परम्परादेखि मानव व्यवहारबाटै निर्मित हुँदै आएको पाइन्छ । संस्कृतिमा परम्परादेखि प्रचलित मूल्य–मान्यताहरूका साथै बदलिँदो परिवेशसँगै सृजित नवीन व्यवहारसमेत थपिँदै जान्छन् । यस लेखमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासमा प्रस्तुत विषयवस्तुमा आधारित भएर राजनीतिक शक्तिका आडमा उन्मत्त सामन्ती वर्गको क्रूर र आततायी व्यवहार सहँदै आएका निर्धाहरू अन्यायकाविरुद्धमा आवाज उठाउँदै  आफ्नो अधिकार प्राप्त गर्ने हिम्मत देखाएको अवस्थाले सामन्तको अधोगति र निर्धाहरू सङ्गठित  भई सशक्त हुँदै आएको सङ्क्रमणकालीन अवस्थामा देखिने विभिन्न सांस्कृतिक रूपहरूको खोजी गरी समयको गतिसँगैसांस्कृतिक स्वरूप पनि परिवर्तन हुँदै जान्छ भन्ने निष्कर्ष  निकालिएको छ ।

Abstract
301
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

उपाध्याय व. (2022). सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel ’Aviral Baghydya Indravati’ in the cultural light). NUTA Journal, 9(1-2), 183-191. https://doi.org/10.3126/nutaj.v9i1-2.53863

Issue

Section

Articles

How to Cite

उपाध्याय व. (2022). सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel ’Aviral Baghydya Indravati’ in the cultural light). NUTA Journal, 9(1-2), 183-191. https://doi.org/10.3126/nutaj.v9i1-2.53863