प्रश्नावली निर्माणमा विशिष्टीकरण तालिकाको उपयोग
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78433Keywords:
परीक्षण, प्रश्नावली, प्रामाणिक, विशिष्टीकरणAbstract
प्रस्तुत अनुसन्धानमूलक आलेख भाषिक मूल्याङ्कनका क्षेत्रमा आधारित छ । यस आलेखमा विशिष्टीकरण तालिकाका आधारमा प्रश्नावली निर्माण कसरी गर्न सकिन्छ भन्ने समस्याकथनमा केन्द्रितभई अध्ययन गरिएको छ । समस्याकथनमा आधारित भई विशिष्टीकरण तालिकाका आधारमा प्रश्नावली निर्माणका तरिकाहरू सुझाउनु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । अनुसन्धानबाट सम्बन्धित शोधार्थीहरूमा विशिष्टीकरण तालिकालाई आधार बनाई प्रश्नावली निर्माण गर्ने ज्ञान र सिपको विकासहुन सक्ने देखिन्छ । त्यसका लागि आधारभूत तहको कक्षा पाँचको नेपाली भाषाको पाठ्यांशमा केन्द्रित रही अनुसन्धेय कार्य गरिएको छ । अध्ययनमा गुणात्मक अनुसन्धान विधि, व्याख्यावादी दर्शन र भाषिकमूल्याङ्कनका सिद्धान्तलाई आधार बनाइएको छ । यसका लागि पुस्तकालय कार्यमा आधारित भई द्वितीयक स्रोतका सामग्रीबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तिनको शाब्दिक व्याख्या गरिएको छ । अध्ययनबाट विशिष्टीकरण तालिकालाई आधार बनाई तयार गरिएको प्रश्नावली मापनीय, प्रामाणिक र उद्देश्यपूर्ण हुन्छ भन्ने निष्कर्ष निकालिएको छ । निर्मित प्रश्नावली पनि स्पष्ट मापनीय, दोहोरो अर्थ नलाग्ने र एउटा प्रश्नावलीले एउटै मात्र ज्ञान, सिप, उच्च दक्षता प्राप्त गर्नेतर्फ अभिमुख हुनुपर्ने देखिन्छ । परीक्षण प्रश्नहरू वस्तुगततर्फ बहुवैकल्पिक, खाली ठाउँ भर्ने, ठिक बेठिक छुट्याउने र जोडामिलाउने गरी चार प्रकारका हुन्छन्। यस्ता प्रश्नहरू पाठ्यवस्तुको प्रकृतिअनुसार विविधता हुन्छ । अध्ययनमा पाठ्यक्रम विश्लेषित परीक्षणीय उद्देश्यको निर्धारण, प्रयोजनपरक परीक्षणीय वस्तुको छनोट,परीक्षणीय वस्तु र युक्तिको सहसम्बन्धलाई आधार बनाइएको छ । अतः भाषिक मूल्याङ्कनसँग सम्बन्धित अध्येताका लागि प्रस्तुत अध्ययन उपयोगी हुने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.