भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता

Authors

  • शिव प्रसाद Shiva Prasad तिमल्सेना Timalsena त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौ

DOI:

https://doi.org/10.3126/pdmdj.v5i2.59596

Keywords:

भाषा उपचार, भाषिक विविधता, भाषिक व्यवस्थापन, स्तरीकरण, भाषा पुनर्संरचना

Abstract

भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रियताको भावको जागरण आदि कार्य गर्ने गर्दछ । यसरी भाषालाई विस्तार गर्ने, भाषिक जीवन्तता कायम गर्ने, राष्ट्रिय अखण्डता कायम गर्ने, भाषालाई देश विदेशसम्म प्रचारप्रसार गर्ने आदि कार्य गर्ने भएकाले एक भाषिक वा बहुभाषिक मुलुकका लागि भाषा योजनाको निर्माण र कार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा प्रभावकारी भाषा योजनाको निर्माण र कार्यान्वयनमा अग्रसर भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचय दिई यसका उद्देश्य, कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
34

Author Biography

शिव प्रसाद Shiva Prasad तिमल्सेना Timalsena, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौ

शिक्षाशास्त्र केन्द्रीय विभाग

Downloads

Published

2023-11-02

How to Cite

तिमल्सेना Timalsena श. प. S. P. (2023). भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता . Pragya Darshan प्रज्ञा दर्शन, 5(2), 26–29. https://doi.org/10.3126/pdmdj.v5i2.59596

Issue

Section

Articles