बुद्धको ज्ञानले के दिन्छ – सम्प्रदाय, धर्म, वा जीवनपद्धति ?

Authors

  • दिपेन्द्र Dipendra पराजुली Parajuli व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
  • विन्दु Bindu पौडेल Poudel अंग्रेजी केन्द्रिय विभाग, शिक्षाशास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

Keywords:

त्रिपिटक, बुद्ध, हिनायान वा थेरवाद, महायान, बज्रयान, सूत्रयान तन्त्रयान, प्रवजित, विहार, सांघायान

Abstract

यो लेख बौद्ध परम्परा सम्बन्धि एक कार्यशाला गोष्ठीमा सहभागी हुँदा प्रशिक्षकले प्रस्तुत गरिएका विचार तथा उच्चारित पाण्डुलिपि तथा लेखका आधारमा तयार पारिएको हो। यो लेखको उद्देश्य हामीले पाए र वुझेजति पाठकलाई बुझाउने तथा बुझाइमा फरक परको भए सुझाव तथा सल्लाह लिई परिष्कुत लेख तयार पार्नु नै हो । यसमा बुद्ध धर्मको परिचय, गौतम बुद्धको पवित्र जन्मस्थलः लुम्बिनी, बौद्ध धर्मका सम्प्रदायहरूः हियान/हिनयान वा थेरवाद, महायान वज्रयानमहायानको उपशाखा, नाथ परम्परा अवलोकितेश्वर, थेरवाद र महायानबीचको भिन्नता, चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (१५–२१ नोभेम्बर १९५६) काठमाडा,ैभारतका संविधान निर्माता बाबा साहेव डा. भिमराव अम्बेडकरको नेपाल भ्रमण, नेपालमा थेरवाद र छलफल सहितको निष्कर्श निकालिएको छ । प्राप्त लेख तथा पाण्डुलिपिका अनुसार बुद्ध लुम्बिनिमै जन्मे पनि समग्र नेपालमा यसको प्रभाव पछि मात्र परेको देखिन्छ । नेपालमा सनातनी हिन्दू पछि बुद्ध धर्मको प्रचार बढेसँगै बुद्धको महापरिनिर्माण पछि मात्रै हिन्दूहरुनै महायानी बज्रायानी भएको र प्रवजित भएको देखिन्छ । अहिले पनि अधिकांश नेपाली बौद्धहरु सनातनि तथा प्रकृति पूजा निकट सांसारिक जीवन पद्धति अंगालेको देखिन्छ । यस धर्मका अनुसार जसले ज्ञान प्राप्तिपछि अरूलाई पनि बाँड्छन्, तिनिहरुलाई बुद्ध भनिन्छ, ज्ञान प्राप्त गर्छन् तर अरूलाई बाँडदैनन् भने तिनिहरुलाई प्रत्येकबुद्ध तथा ज्ञान प्राप्त गरेर पूर्णतया उपयोग गर्छन् भने तिनिहरुलाई अर्हत भनिन्छ । यसैका आधारमा पहिलोलाई हिनायान, दोश्रोलाई महायान तथा तेश्रोलाई बज्रयानी भनिएको छ । बज्रयानी भित्रै अवलोकितेश्वर तथा नाथ परम्परा रहेको पनि दाबि गरिन्छ जो शिव भगवानसँग नजिक मानिन्छन् । नेपालमा हिनायान राणाकालको अन्त्यतिर मात्रै चर्चाका आयो । त्यसपछिका सरकार तथा पश्चिमाहरुले हिनायान वा थेरबादलाई प्राथमिकतामा राखेको देखिन्छ । नेपालमा सनातनि पूर्वीय सभ्यतामा दोश्रो शताब्दीतिरबाट थपिएको यो यानी सभ्यतालाई जोगाई नेपाललाई सनातनी हिन्दू तथा बौद्घ सभ्यताको केन्द्र बनाउनु पर्ने देखिन्छ । समग्रमा बुद्धको ज्ञानलाई धर्म, सम्प्रदायमा मात्र सिमित नराखि जिवनपद्धतिमैढाल्न महायानी परम्परालाई अगाडि बढाउनु पर्ने देखिन्छ ।

Abstract
341
PDF
0

Downloads

Published

2023-11-02

How to Cite

बुद्धको ज्ञानले के दिन्छ – सम्प्रदाय, धर्म, वा जीवनपद्धति ? . (2023). Pragya Darshan प्रज्ञा दर्शन, 5(2), 90-97. https://doi.org/10.3126/pdmdj.v5i2.59628

Issue

Section

Research Articles

How to Cite

बुद्धको ज्ञानले के दिन्छ – सम्प्रदाय, धर्म, वा जीवनपद्धति ? . (2023). Pragya Darshan प्रज्ञा दर्शन, 5(2), 90-97. https://doi.org/10.3126/pdmdj.v5i2.59628