मरणाशौचसम्बन्धी शास्त्रीय मतहरूको अध्ययन {Study of classical views on defecation}

Authors

  • दामोदर Damodar गौतम Gautam ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.45201

Keywords:

सपिण्डी Sapindi, आशौच Aashaush, सकुल्य sakulya, समानोदक Samanodak, सगोत्री Sagotri, बन्धुत्रय bandhutraya, मरणाशौच, जननाशौच

Abstract

नेपाली समाज वैदिक परम्पराअनुकुल आचरण गर्ने भएकाले जन्म हुँदा र मरण हुँदा यी दुवै किसिमका अवस्थामा आशौच (जुठो) बार्ने परम्परा रहेको छ । नेपालका प्रायः सबै समुदायले कुनै न कुनै रूपमा कम बेसी भए पनि यी जन्म र मरणजन्य आशौचलाई पालना गर्ने गरेको पाइन्छ । यस्तो चलन संसारभरिका प्रायः सबै समुदायमा कुनै न कुनै रूपमा विद्यमान रहेको देखिन्छ । जन्मसम्बन्धी आशौचलाई जननाशौच र मृत्युबाट हुने आशौचलाई मरणाशौच भनिन्छ । यहाँ मरणाशौचका विषयमामात्र चर्चा गरिएको छ । यही मरणाशौचलाई नेपाली समाजमा जुठो परेको वा जुठो बार्ने भन्ने चलनछ । यस्तो जुठो बार्ने कार्यमा ठाउँ, समय, अवस्था, उमेर आदि विषयले अवधि निर्धारण गर्ने कुरामा आधारका रूपमा काम गरेको देखिन्छ । बार्दा पनि जुठो कसको परेको हो र कति बार्नुपर्छ भन्ने अनेकौं प्रचलनहरू नेपाली समाजमा रहेका पाइन्छन् । ती केही शास्त्रीय नियममा आधारित रहेका छन् भने केही लोकपरम्पराका आधारमा प्रचलित रहेका छन् । धेरैजसो शास्त्र अनुकूल विचार गरेर बार्ने परम्परार प्रचलन रहेको पाइन्छ । यहाँ यही मराणशौच वा जुठो कस्को कति बार्नुपर्छ ? भन्ने विषयमा यदाकदा बहस हुने गरेको समस्या आउने गरेको बुझिन्छ । जन्म हुँदा र मृत्यु हुँदा परिवारमा आइपर्ने मानसिक शोक वा विकार नै आशौच हो । आशौच त्यही मानसिक विकारको निवारणका लागि बार्नुपर्ने कुरा शास्त्रले निर्दिष्ट गरेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
131
PDF
405

Author Biography

दामोदर Damodar गौतम Gautam, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Associate Professor

Downloads

Published

2021-06-30

How to Cite

गौतम Gautam द. D. (2021). मरणाशौचसम्बन्धी शास्त्रीय मतहरूको अध्ययन {Study of classical views on defecation}. Pragyajyoti, 4(1), 114–121. https://doi.org/10.3126/pj.v4i1.45201

Issue

Section

Articles