काव्यका भेद र उपभेदहरूको समीक्षात्मक अध्ययन {A critical study of the distinctions and strands of poetry}

Authors

  • पुष्पलाल Puspalal न्यौपाने Neupane ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.45227

Keywords:

अभिनेय Abhineya, दृश्यकाव्य, उपरूपक, श्रव्यकाव्य, रसात्मक, काव्य, Kavya, shrabyakavya, uparupak, rasatmak

Abstract

साहित्य समाजको ऐना हो । जुनसुकै साहित्यले पनि तत्कालीन समयको समाजको चित्रण गरेका हुन्छन् । काव्य वा साहित्यका विभिन्न नियम, उपनियम, भेद र भेदहरू पनि समय र परिस्थिति फेरिदै जान्छन् । संस्कृत संसारकै प्राचीन एवं भाषिक साहित्यिक दृष्टिले निकै समृद्ध भाषा भएकाले यसमा काव्य वा साहित्यका विषयमा सूक्ष्म अध्ययनहरू भएका छन् । अनेकौं रीति र पद्धतिहरू विकसित भएका पाइन्छन् । छन्द, अलङ्कार गुण, रस, रीति आदि अनेकौ साहित्यिक तत्वहरूको सूक्ष्म प्रस्तुति र विश्लेषण संस्कृतका साहित्यशास्त्रहरूमा पाइन्छ । आधुनिक साहित्यमा भिन्न अर्थ बुझाए पनि संस्कृत साहित्यका सन्दर्भमा काव्य र साहित्य शब्द पर्यायवाची रहेका पाइन्छन् । काव्यका श्रव्य रदृश्य दुई भेद पाइन्छन् । दृश्यकाव्य मानिएका नाटकका अनेकौं भेद र उपभेदहरू रहेका छन् भने श्रव्यकाव्य मानिएका कथा, कविता, निबन्ध आदिका पनि अनेकौं भेद र उपभेद रहेका पाइन्छन् । आधुनिक कालमा विभिन्न भाषा साहित्यमा अस्तित्वमा रहेका धेरै भेद र उपभेदहरू संस्कृत साहित्यमा परिभाषित गरिएका एवं प्रचलित रहेका पाइन्छन् । कविता, खण्डकाव्य, महाकाव्य,  कथा, निबन्ध, नाटक, एकाङ्की आदि अनेकौं विधा र तिनका भेद तथा उपभेदहरूलाई यहाँ चर्चा गर्दै चिनाउने प्रयत्न गरिएको छ । साहित्यका यिनै भेद र उपभेदहरूको परिचयात्मक प्रस्तुति नै यस लेखको मुख्य उपलब्धि रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
28

Author Biography

पुष्पलाल Puspalal न्यौपाने Neupane, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Assistant Professor

Downloads

Published

2021-06-30

How to Cite

न्यौपाने Neupane प. P. (2021). काव्यका भेद र उपभेदहरूको समीक्षात्मक अध्ययन {A critical study of the distinctions and strands of poetry}. Pragyajyoti, 4(1), 140–147. https://doi.org/10.3126/pj.v4i1.45227

Issue

Section

Articles