मेघदूतको काव्यप्रयोजन {Meghdoot's poetic purpose}

Authors

  • सागरमणि Sagarmani सुवेदी Subedi ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.45229

Keywords:

त्रिवर्ग, चतुर्वर्ग, त्रिवर्ग पुरुषार्थ चतुष्टय, जैविक, त्चतुर्वर्ग शास्त्रीय

Abstract

संस्कृत काव्यशास्त्रका विभिन्न सम्प्रदायका आचार्यहरूले आआफ्ना किसिमले काव्याध्यनको उपादेयता वा प्रयोजन स्थापना गरेका छन् । दृश्य र श्रव्यकाव्यको आस्वादन प्रक्रिया फरक भए तापनि आनन्दानुभूति सहृदयगत प्राप्ति हो । काव्यशास्त्रीहरूले प्रतिपादन गरेका काव्य प्रयोजनहरू आनन्द बाहेकअन्य पनि छन् । काव्यका माध्यमबाट कवि स्वयम्ले प्राप्त गर्ने र सहृदयले प्राप्त गर्ने केही समान र केहीअलग अलग प्रयोजनहरू निर्दिष्ट छन् । ती कतिपय प्रत्यक्ष र कतिपय परोक्ष वा अदृष्ट प्रयोजन भनीमानिएका छन् । विभिन्न आचार्यहरूले प्रतिपादन गरेक प्रयोजनहरू लोककल्याणकारी भावनामा आधारितरहेका देखिन्छन् । काव्यास्वादनबाट सहृदयले सुखप्राप्त गर्छ, उसको बुद्धिको किवास हुन्छ, समाजले धर्म,अर्थ, काम र मोक्ष प्राप्त गर्दछ, काव्यले मानिसलाई कलामा निपुण बनाउँछ, काव्यकीर्ति प्रदायक हुन्छ,यसले प्रेमभावना जागृत गराउँछ । काव्य अभीष्ट प्राप्त गर्न सहयोगी हुन्५ । समग्रमा काव्यलोककल्याणका लागि समर्पित हुन्छ । विभिन्न आचार्यहरूले स्थापना गरेका प्रयोजनहरूको संश्लेषितनिष्कर्ष यही नै हो । काव्य अध्ययन अध्यापनका सन्दर्भमा पनि यो प्रयोजनहरूको चर्चा गरिन्छ । तिनलाईसूत्रात्मक रूपमा धर्म, अर्थ र कामलाई बाउन त्रिवर्ग, र धर्म, अर्थ, काम र मोक्षलाई समेत सङ्केत गर्नचतुर्वर्ग र पुरुषार्थ चतुष्टय जस्ता शब्दहरू पारिभाषिक रूपमा स्थापित छन् । काव्यप्रयोजनको व्याख्यागर्ने सन्दर्भमा धर्म, अर्थ र मोक्ष जति स्थान पाएका छन् । त्यति कामले पाएको देखिँदैन । प्रस्तुत लेखमामहाकवि कालिदासको प्रसिद्ध दूतकाव्य मेघदूतलाई आधार बनाएर उल्लिखित प्रयोजनहरू मध्ये कामकोखोजी, त्यसको सैद्धान्तिक र काव्यिक महत्व एवम् जैविक अपरिहार्यताको सैद्धान्तिक शास्त्रीय पक्षकोअध्ययन अनुसन्धान विधिपूर्वक गरिएको छ । अध्ययनका लागि प्राथमिक र द्वितीयक दुवै प्रकारकासामग्रीहरूको उपयोग आवश्यकताअनुसार गरिएको छ । व्याख्या विश्लेषणका सन्दर्भमा कम महत्वपाएको तर सृष्टि प्रक्रियाका प्रथम सोपान धर्म, मोक्षसँग प्रत्यक्ष जोडिएको कामको शास्त्रीय मर्यादाअनुरूपअनुपालन गर्नुपर्ने र यो पशुपक्षी, मानव सबैका लागि अनिवार्य जीवन सञ्चालक भएको कुरा सैद्धान्तिकआधारमा सिद्ध गरिएको छ । यही सैद्धान्तिक निष्कर्षका आधारमा मेघदूतमा काम नै मूल प्रयोजन हो भन्नेअध्ययनको निष्कर्ष पनि रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
39

Author Biography

सागरमणि Sagarmani सुवेदी Subedi, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Associate Professor

Downloads

Published

2021-06-30

How to Cite

सुवेदी Subedi स. S. (2021). मेघदूतको काव्यप्रयोजन {Meghdoot’s poetic purpose}. Pragyajyoti, 4(1), 159–172. https://doi.org/10.3126/pj.v4i1.45229

Issue

Section

Articles