नवलपरासीको भूगोलमा मानव बस्तीको इतिहास {History of human settlements in the geography of Nawalparasi}

Authors

  • बमबहादुर Bambahadur अधिकारी Adhikari त्रि.वि., पद्मकन्या बहुमुखी क्याम्पस इतिहास शिक्षाण समिति

DOI:

https://doi.org/10.3126/pprmj.v3i1.61657

Keywords:

दाउन्नेदेवी, नवलपुर, परासी, पाल्ही भगवती, रामग्राम बुद्ध स्तूप, मौलाकालिका, त्रिवेणीधाम, Parasi, Nawalpur, Maulakalika

Abstract

नेपालको भौगोलिक परिवेशमा नवलपरासी जिल्लाको भू–वनोट एवम् धरातलीय स्वरूप, हावापानी, पहाड, भित्री मधेस, चुरे, भावर र तराईको भूगोलमा विभाजित नदी, खोलाहरूको प्राकृतिक विषमतालाई चिनाउनु यस लेखको मुख्य सार रहेको छ । एउटै जिल्लामा फरक फरक प्रकृतिको जलवायु, मानव बसोवासको स्थिति, वन जङ्गलप्रति मानवको चलखेल वन विनाश र संरक्षणको स्थिति, राजनीतिक तथा प्रशासनिक विभाजन आदि पक्षलाई विश्लेषण गरी नवलपरासी जिल्लाको परिचय गराउनु पनि यस लेखको उद्देश्य हो । खास गरी प्रागैतिहासिक कालको नवलपरासीको संरचना र मानव बस्तीको रूपमा विकसित स्थितिलाई देखाउनु र नवलपरासी जिल्लाको इतिहास केलाउनु पनि लेखको सार हो । विशेष गरेर नवलपरासीको भौगोलिक परिस्थितिमा मानव बस्तीको विकास क्रमलाई प्रागैतिहासिक अवस्थादेखि वर्तमान अवस्थासम्मको स्थितिलाई सङ्क्षेपमा विश्लेषण गरी नवलपरासीको भू–भागलाई चिनाउनु लेखको प्रमुख सार हो । सबै प्रकारको भौगोलिक र प्राकृतिक वातावरण समेटिएको नवलपरासीले सदीऔँ पुरानो सभ्यतालाई हुर्काएर मानव बस्तीको जगेर्ना गर्दै आएको भू–भौतिक तथा मानव बसोवाससम्बन्धी विषयवस्तुको मूल्याङ्गन गर्नमा यो लेख सीमित रहेको छ । पुरानो नवलपरासी जिल्लाको वर्तमान भौगोलिक र प्रशासनिक स्थितिलाई चिनाएर दुइ प्रदेश र दुइ जिल्लामा परिणत भएको वास्तविक स्थितिलाई पनि यस लेखमा उल्लेख गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
16

Author Biography

बमबहादुर Bambahadur अधिकारी Adhikari, त्रि.वि., पद्मकन्या बहुमुखी क्याम्पस इतिहास शिक्षाण समिति

अध्यक्ष तथा सहप्राध्यापक

Downloads

Published

2021-01-30

How to Cite

अधिकारी Adhikari ब. B. (2021). नवलपरासीको भूगोलमा मानव बस्तीको इतिहास {History of human settlements in the geography of Nawalparasi}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 42–54. https://doi.org/10.3126/pprmj.v3i1.61657

Issue

Section

Articles