विद्यालय शिक्षामा राज्यको लगानी र शैक्षिक उपलब्धिहरुको संरचनागत विश्लेषण

Authors

  • गेहेन्द्रप्रसाद Gehendraprasad दाहाल Dahal महेन्द्ररत्न क्याम्पस ताहाचल, त्रिभुवन विश्वविद्यालय

Keywords:

विद्यालय शिक्षा, राज्य, लगानी, प्रतिफल

Abstract

विश्वभर शिक्षामा क्रमिक सुधार हुँदै जाने क्रममा आधुनिक युगको सुरुवात हुन थाल्यो । नेपालमा परम्परागत रुपमा गुरुकुलबाट सुरुवात भएको हिन्दु वैदिक शिक्षाबाट नै शिक्षाको विकास र सुधार सुरु भएको इतिहास भेटिए तापनि धेरै लामो समयसम्म राज्यले आफ्नो दायित्व लिएको भेटिदैन । वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँग आधुनिक शिक्षा प्रणालीको सुरुवात भए पनि वि.सं. २००७ को राजनैतिक परिर्वतनसम्म पुग्दा साक्षरता २ प्रतिशत मात्र रह्यो । संवैधानिक रूपमा नै शिक्षामा लगानी गर्न प्रोत्साहित गरे अनुरूप नेपालको संघीय बजेटको ठुलो हिस्सा विद्यालय शिक्षा सुधारमा खर्च भएको छ । शिक्षामा भएको खर्चले शैक्षिक प्रतिफलसँग प्रत्यक्ष सम्बन्ध राख्छ । लगानी गर्दा निर्दिष्ट गरेका उद्देश्यहरू पूरा भएका छन्छैनन्भन्ने विषयको अध्ययननको थप आवश्यकता भएकोले यो अध्ययन गरिएको छ । छोटो समयावधिमा द्धितीय स्रोतबाट तथ्याङ्कहरू सङ्कलन गरेर परिमाणात्मक र वर्णनात्मक व्याख्या गरी पूरा गरिएको यो अध्ययनले विभिन्न प्रकाशन, लेख रचना तथा प्रकाशित अनुसन्धानलाई समेटेको छ ।अध्ययनले देखाएको नतिजाअनुसार विद्यालय शिक्षामा भएको थप लगानी तथा यसको व्यवस्थापन र परिचालनमा भएको सुधारले शिक्षा क्षेत्रको विकास एंवम्आधुनिकीकरण प्रक्रियामा धेरै संरचनागत सुधार भएर महत्वपूर्ण उपलब्धिहरु हाँसिल गर्न सकिने देखिएको छ । विद्यालय शिक्षामा गरिएको लगानीको वृद्धि र दीर्घकालीन रणनितिक योजनाहरुले गर्दा शैक्षिक उपलब्धि र देशको ग्राहस्थ उत्पादनमा शिक्षाको योगदान बढदै गएको तथ्याङ्कले देखाएको छ । वर्षेनी बढ्दै गएको साक्षरता प्रतिशतको दरलाई लगानीको उचित प्रतिफलको रुपमा समेत लिन सकिन्छ र विभिन्न शैक्षिक तथ्याङ्कहरुले सरकारले शिक्षा क्षेत्रमा थप गरेको लगानीको सकारात्मक प्रतिफल प्राप्त गदै गरेको अवस्थालाई चित्रित गरेका छन्। यद्यपि शिक्षा क्षेत्रमा भएको लगानीलाई समतामुलक,उपलब्धिमुलक बनाउन खर्च प्रणालीलाई थप पारदर्शी तथा नियमित अनुगमन र मूल्याङकनको व्यवस्था गरिनु जरूरी छ । यो अध्ययनले शिक्षा क्षेत्रको वर्तमान अवस्था र शैक्षिक क्षेत्र, विशेषत विद्यालय शिक्षामा विगतदेखि गरिएको लगानीको प्रतिफल सम्बन्धमा थप अध्ययन गर्न चाहानेलाई सहयोग पुग्नेछ । शैक्षिक नतिजा हेर्ने क्रममा प्रयोग भएका तथ्याङ्कहरूको संरचनागत विश्लेषण गरिएको यो अध्ययनले देखाएको नतिजा सबैका लागि थप उपयोगी हुन सक्ने देखिन्छ ।

Abstract
255
PDF
0

Downloads

Published

2023-11-03

How to Cite

विद्यालय शिक्षामा राज्यको लगानी र शैक्षिक उपलब्धिहरुको संरचनागत विश्लेषण. (2023). Pragyaratna प्रज्ञारत्न, 5(1), 249-262. https://doi.org/10.3126/pragyaratna.v5i1.59697

Issue

Section

Articles

How to Cite

विद्यालय शिक्षामा राज्यको लगानी र शैक्षिक उपलब्धिहरुको संरचनागत विश्लेषण. (2023). Pragyaratna प्रज्ञारत्न, 5(1), 249-262. https://doi.org/10.3126/pragyaratna.v5i1.59697