नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना

Authors

  • वासुदेव गौतम

DOI:

https://doi.org/10.3126/pragyaratna.v6i1.64541

Keywords:

अध्ययन, द्विभाषा, वक्ता, शिक्षण, सिकाइ

Abstract

नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भारोपेली भाषा परिवारे एक हो । यसै परिवारभित्र बोलिने भाषा हो माझी भाषा । यो भाषाका बक्ताहरु वि.सं. २०७८ सालको जनगणनाअनुसार करिब १० हजार अर्थात् ०.०१२ प्रतिशत छन् । यो भाषाका वक्ताहरु विभिन्न नदीका किनारमा छरिएर बसेबास गर्दै आएका छन् । यिनीहरु माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । माझीहरुले बोल्ने भाषा भएकाले यो भाषाको नाम माझी भाषा रहेको छ । यो भाषा पिछडिएको भाषाको वर्गमा पर्दछ । त्यसैले यो भाषाको बारेमा कँही कतैबाट खोज अनुसन्धान भएको पाइँदैन । यसैकारणले यस्तो पिछडिएको भाषाको अध्ययन अनुसन्धान गर्नु नै यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली र माझी भाषाको व्याकरणात्मक कोटिको तुलनात्मक अध्ययन गर्दा लिङ्ग, वचन, पुरुष, काल, पक्ष सबैमा व्यतिरेकी पाइन्छ ।माझी भाषामा पनि आफ्नै किसिमको व्याकरण व्यवस्था रहेको कुरा नै प्रस्तुत अध्ययनको प्राप्ति हो । यो प्राप्ति गर्नको लागि प्राथमिक स्रोत र द्वितीयक स्रोतलाई अध्ययनको विधि बनाइएको छ । प्रस्तुत अध्ययनले दोस्रो भाषाको रुपमा नेपाली भाषा शिक्षण गर्दा महत्वपूर्ण सहयोग पुर्याउँदछ । माझी भाषाको व्याकरण व्यवस्थाका आधारमा विमातृभाषी शिक्षकले माझी भाषाका वक्ताहरुको लागि नेपाली भाषा शिक्षण गर्दा यो अध्ययनले महत्वपूर्ण टेवा पुर्याउँने कुरामा आशा गर्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
11

Downloads

Published

2024-04-08

How to Cite

गौतम व. (2024). नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना. Pragyaratna प्रज्ञारत्न, 6(1), 96–109. https://doi.org/10.3126/pragyaratna.v6i1.64541

Issue

Section

Articles