‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना

Authors

  • चेतनारायण पौडेल

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60582

Keywords:

वर्गचेतना, अन्तर्वस्तु, अन्तर्विरोध, विश्वदृष्टिकोण, विभेद

Abstract

वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
26

Downloads

Published

2023-12-13

How to Cite

पौडेल च. (2023). ‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना. Prajna प्रज्ञा, 124(2), 65–75. https://doi.org/10.3126/prajna.v124i2.60582

Issue

Section

Articles