‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण

Authors

  • बाबुराम आचार्य

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60588

Keywords:

शैली विश्लेषण, समानान्तरता, विचलन, मानक, काव्यात्मक भाषा

Abstract

साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
42
PDF
28

Downloads

Published

2023-12-13

How to Cite

आचार्य ब. (2023). ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण. Prajna प्रज्ञा, 124(2), 109–118. https://doi.org/10.3126/prajna.v124i2.60588

Issue

Section

Articles