अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण

Authors

  • यादवप्रसाद शर्मा

Keywords:

अभिधा, ध्वनि, युद्धापराध, लक्षणा, व्यञ्जना

Abstract

‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटकको सूक्ष्मपठन गरी सशक्त रूपमा ध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिहरू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउ र कहिल्यै नमेटिने युद्धापराधको कलङ्क बोकेर अनन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक, रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गरी सम्पूर्ण सृष्टिलाई सङ्कटमा पार्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्ने जघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुने र अन्ततः युद्धपिपासुहरूका लागि पनि युद्ध अभिशाप नै साबित हुने कुरा अभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाई कलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्य मानवमा मानवीय संवेदना एवं सजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज, सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।

Abstract
254
PDF
8

Downloads

Published

2023-12-13

How to Cite

शर्मा य. (2023). अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण. Prajna प्रज्ञा, 124(2), 130-141. https://doi.org/10.3126/prajna.v124i2.60592

Issue

Section

Articles

How to Cite

शर्मा य. (2023). अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण. Prajna प्रज्ञा, 124(2), 130-141. https://doi.org/10.3126/prajna.v124i2.60592