पौरस्त्य वाङ्मयमा न्यायदर्शनको महत्त्व एवं लोकोपयोगिता {The Importance and Utility of Nyaya Darshan in Eastern Literature}

Authors

  • पुरुषोत्तम Purushottam आचार्य Acharya नेपाल संस्कृत विश्वविद्यालय, दाङ

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62652

Keywords:

दर्शन, आन्वीक्षिकी, प्रमाण, प्रमेय, तत्त्वज्ञान

Abstract

प्रस्तुत आलेख पौरस्त्य वाङ्मयमा न्याय दर्शनको महत्त्व एवं लोकोपयोगितामा केन्द्रित रहेको छ । समग्र पौरस्त्य वाङ्मयमा न्याय दर्शनको स्थान र यसको लोकोपयोगिताको खोजी गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । यसमा सङ्कलित सामग्रीहरूबाट प्राप्त तथ्यको विश्लेषण र लोकोपयोगिता प्रस्तुत गर्ने क्रममा कतै आफ्ना विचारलाई पनि आधार मानी विषयवस्तुको प्रस्तुति दिइएको छ । विषयवस्तुको प्रारम्भ दर्शनशास्त्रको प्रवृत्तिबाट गरिएको छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका दुःखबाट मानव विक्षिप्त रहेको र त्यस्तो दुःखमय संसारबाट आत्यन्तिक निवृत्तिका लागि दर्शनशास्त्रको प्रवृत्ति भएको हो भन्ने कुरा यसमा आएका छन् । वास्तविक तत्त्वको ज्ञान जसबाट हुन्छ, त्यो दर्शन हो । न्याय दर्शनको विश्लेषण गर्ने क्रममा सर्वप्रथम न्यायको परिभाषा प्रस्तुत गरिएको छ । प्रत्यक्ष, अनुमान आदि प्रमाणहरूद्वारा प्रमेय पदार्थ) को परीक्षण गरी वस्तुस्थिति पत्ता लगाउनु न्याय हो । न्याय दर्शनलाई प्रमाणशास्त्र पनि भनिन्छ । पौरस्त्य वाङ्मयमा न्याय दर्शनलाई कसरी प्रस्तुत गरिएको छ र यसको लोकोपयोगिता कसरी सिद्ध गर्न सकिन्छ भन्ने विषयवस्तु राख्दै लौकिक पारिवारिक, सामाजिक, राष्ट्रिय) व्यवहारमा न्याय दर्शनसम्बद्ध चिन्तनहरूको प्रत्यक्ष प्रभाव रहेको छ भन्ने निष्कर्ष यस आलेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
14

Author Biography

पुरुषोत्तम Purushottam आचार्य Acharya, नेपाल संस्कृत विश्वविद्यालय, दाङ

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

आचार्य Acharya प. P. (2022). पौरस्त्य वाङ्मयमा न्यायदर्शनको महत्त्व एवं लोकोपयोगिता {The Importance and Utility of Nyaya Darshan in Eastern Literature}. Prajna प्रज्ञा, 123(1), 208–220. https://doi.org/10.3126/prajna.v123i1.62652

Issue

Section

दर्शनशास्त्रीय अध्ययन Philosophical Studies