सदाचार प्रवर्द्धनः भ्रष्टाचार न्यूनीकरणको आधार {Promoting Virtue: The Basis for Reducing Corruption}

Authors

  • भविश्वर Bhabishwor घिमिरे Ghimire नेपाल सरकार Government of Nepal

DOI:

https://doi.org/10.3126/prashasan.v52i1.44655

Keywords:

आचारसहिता, उच्च मनोबल, सदाचार, पारदर्शी, शपथ, अतिरिक्त शुल्क

Abstract

भ्रष्टाचार र सदाचार मानव आचरण र नैतिकतासँग गाँसिएका शब्द हुन् । भ्रष्टाचार यत्रतत्र सर्वत्र फिँजारिएको छ भने सदाचार दुर्लभ जस्तै अवस्थामा छ । भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै एक चुनौतीको रूपमा रहेको छ। सीमाविहीन आर्थिक अपराधको रूपमा विस्तार हुँदै गएको भ्रष्टाचारको स्वरूप तथा आयाम पनि क्रमशः परिवर्तन हुँदै आएको पाइन्छ। मुलुकको सामाजिक, आर्थिक एवम् मानवीय विकासको प्रमुख बाधकको रूपमा भ्रष्टाचार रहेको हुन्छ । संसारका सबैजसो मुलुकमा भ्रष्टाचारले आर्थिक विकास र समृद्धि प्राप्तिमा ठुलो चुनौती सिर्जना गरेको छ। भ्रष्टाचारजन्य गतिविधिले समग्रमा राज्यको समृद्धि, आर्थिकवृद्धि, विकास निर्माण, सेवा प्रवाह र सुशासनमा नकारात्मक प्रभाव ल्याउँछ भने शक्ति, अधिकार र सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन्छ । मुलुकको शासकीय पद्धति, प्रणाली र प्रक्रियामा नै ह्रास पुर्यासउँदछ । सदाचार, इमानदारी, बफादारिता, उच्चनैतिक व्यवहारसँग सम्बन्धित छ । सदाचारिता स्वार्थलाई न्यूनतम् विन्दुमा राख्नेतर्फ प्रेरित गर्ने तत्त्व पनि हो । नैतिक आचरण र सदाचारयुक्त व्यवहारले सुशासनलाई प्रवर्द्धन गर्दछ। स्रोत साधनको संरक्षण, पारदर्शी, नागरिकमैत्री व्यवहार तथा सभ्य कार्यसंस्कृतिले मात्र भ्रष्टाचारको अन्त्य तथा सदाचारको जन्म गराउँदछ।

{Corruption and morality are words associated with human conduct and morality. Corruption is rampant, and morality is scarce. Controlling corruption remains a global challenge. The nature and extent of corruption, which is expanding as a border less economic crime, is also gradually changing. Corruption is a major obstacle to the social, economic and human development of the country. Corruption has posed a major challenge to economic growth and prosperity in almost every country in the world. Corrupt activities have a negative impact on the overall prosperity, economic growth, development, service delivery and good governance of the state and abuse of power, authority and public property. The governance system, system and process of the country is deteriorating. It is related to virtue, honesty, loyalty, high moral behavior. Virtue is also the element that motivates us to keep selfishness to a minimum. Ethical conduct and virtuous behavior promotes good governance. Only the protection of resources, transparency, citizen-friendly behavior and civilized work culture can bring an end to corruption and give birth to virtue.}

Downloads

Download data is not yet available.
Abstract
150
PDF
62

Author Biography

भविश्वर Bhabishwor घिमिरे Ghimire, नेपाल सरकार Government of Nepal

तथ्याङ्‍क अधिकृत Statistics Officer

Downloads

Published

2021-10-01

How to Cite

घिमिरे Ghimire भ. B. (2021). सदाचार प्रवर्द्धनः भ्रष्टाचार न्यूनीकरणको आधार {Promoting Virtue: The Basis for Reducing Corruption}. Prashasan: The Nepalese Journal of Public Administration, 52(1), 116–124. https://doi.org/10.3126/prashasan.v52i1.44655

Issue

Section

Articles