सङ्‍घीयतामा अन्तरसरकारी सम्बन्धः अभ्यास र अवस्था

Intergovernmental Relation in Federalism: Practices and Status

Authors

  • गोपीनाथ Gopinath मैनाली Mainali पूर्व सचिव, नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v53i1.46307

Keywords:

सङ्‍घीयता, समन्वय, शासकीय तह, अन्तरसम्बन्ध

Abstract

सङ्‍घीय राज्य प्रणालीमा शासकीय एकाइहरूबिच अन्तरसम्बन्ध कायम गरी राष्ट्रिय विकास र नागरिक सेवा व्यवस्थापन गर्न औपचारिक संयन्त्र र अनौपचारिक अन्तरक्रियाका विधिहरू अवलम्बन गरिँदै आएका छन् । सङ्‍घीय शासन व्यवस्था भएका  मुलुकहरूबिच भौगोलिक आकार र अवस्था, जनसङ्ख्या, आर्थिक विकास, सामाजिक साँस्कृतिक अवस्था आदिमा विविधता रहेको छ । सङ्‍घीय शासन प्रणाली अवलम्बन गरेका सबै मुलुकमा शासकीय एकाइ र तहबिच प्रभावकारी अन्तरसम्बन्ध कायम हुनुपर्दछ । अन्तरसम्बन्धको अवस्था विभिन्न मुलुकहरूमा फरक फरक छ। सङ्‍घीय शासन व्यवस्थापछिको हाम्रो आफ्नै अनुभव, विशिष्टता र अन्य देशका सफल र असल अभ्यासलाई हामीले कसरी प्रयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु आवश्यक छ । यसरी अन्तरतहहरूबिच हार्दिक सम्बन्ध कायम गर्ने कार्य जटिल देखिँदै आएको छ । सङ्‍घीय शासन प्रणाली अवलम्बन गरेका केही मुलुकले अन्तरसम्बन्ध कायम गर्न गरेका अभ्यास कलिलो सङ्‍घीयता भएको मुलुक नेपालका लागि के कति उपयोगी हुनसक्छ भन्ने विषयवस्तु  प्रस्तुत लेखमा समावेश गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
271
PDF
61

Author Biography

गोपीनाथ Gopinath मैनाली Mainali, पूर्व सचिव, नेपाल सरकार

पूर्व सचिव, नेपाल सरकार Former Secretary, Government of Nepal

Downloads

Published

2022-06-30

How to Cite

मैनाली Mainali ग. G. (2022). सङ्‍घीयतामा अन्तरसरकारी सम्बन्धः अभ्यास र अवस्था: Intergovernmental Relation in Federalism: Practices and Status. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 20–30. https://doi.org/10.3126/prashasan.v53i1.46307

Issue

Section

Articles