सार्वजनिक सेवा प्रवाह

Public Service Delivery

Authors

  • पूर्णचन्द्र Purnachandra भट्टराई Bhattarai पूर्व सचिव, नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v53i1.46313

Keywords:

सेवा प्रवाह, सार्वजनिक प्रशासन, सुशासन, नागरिक दृष्टिकोण, सङ्‍घीय संरचना

Abstract

राज्यको उद्भव नै सेवा प्रवाहका लागि भएको हो। राज्यको आवश्यकता नागरिकको सेवा र सुरक्षामा धेरै हदसम्म आबद्ध छ। सार्वजनिक सेवा प्रवाह राज्यको प्रमुख दायित्व हो भने नागरिकको अधिकार हो। यसर्थ सरल र सहज रूपमा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्नु सरकारको दायित्व हो। सेवा प्रवाहका सम्बन्धमा “नागरिकको वरिपरि सेवा पुग्नुपर्दछ, न कि सेवाहरूको वरिपरि नागरिक” भन्ने भनाइ धेरै महत्त्वपूर्ण छ ।

मुलुकले सङघीय प्रणालीको अवलम्बन गर्नुको उद्देश्य सरकारलाई नागरिकको नजिक लानु पनि हो। जुन सार्वजनिक सेवा प्रवाहसँग जोडिएको छ। नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति लिएको छ।

सार्वजनिक सेवा प्रवाहमा सरकार, निजी क्षेत्र  र गैरसरकारी क्षेत्र गरी तीन किसिमका संयन्त्रले कार्य गरिरेहका हुन्छन्।

नागरिकको सरकारप्रतिको दृष्टिकोण उनीहरूले प्राप्त गर्ने सार्वजनिक सेवाको गुणस्तर, सहजता र शीघ्रताको अवस्थाबाट बन्ने गर्दछ। यसैले सार्वजनिक सेवाको प्रभावकारीता राज्य प्रणाली र सरकारको कार्यसम्पादनको समग्र तस्बिर देखाउने ऐना पनि हो। नागरिकलार्इ प्रभावकारी रूपमा गरिएको सेवा प्रवाहले सरकारको क्रियाशीलता र सङघीय प्रणाली अवलम्बनको सार्थकता अनुभूति हुन सक्दछ।

Downloads

Download data is not yet available.
Abstract
1624
PDF
255

Author Biography

पूर्णचन्द्र Purnachandra भट्टराई Bhattarai, पूर्व सचिव, नेपाल सरकार

पूर्व सचिव, नेपाल सरकार Former Secretary, Government of Nepal

Downloads

Published

2022-06-30

How to Cite

भट्टराई Bhattarai प. P. (2022). सार्वजनिक सेवा प्रवाह: Public Service Delivery. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 31–49. https://doi.org/10.3126/prashasan.v53i1.46313

Issue

Section

Articles