सार्वजनिक सेवा प्रवाह

Public Service Delivery

Authors

  • पूर्णचन्द्र Purnachandra भट्टराई Bhattarai पूर्व सचिव, नेपाल सरकार

Keywords:

सेवा प्रवाह, सार्वजनिक प्रशासन, सुशासन, नागरिक दृष्टिकोण, सङ्‍घीय संरचना

Abstract

राज्यको उद्भव नै सेवा प्रवाहका लागि भएको हो। राज्यको आवश्यकता नागरिकको सेवा र सुरक्षामा धेरै हदसम्म आबद्ध छ। सार्वजनिक सेवा प्रवाह राज्यको प्रमुख दायित्व हो भने नागरिकको अधिकार हो। यसर्थ सरल र सहज रूपमा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्नु सरकारको दायित्व हो। सेवा प्रवाहका सम्बन्धमा “नागरिकको वरिपरि सेवा पुग्नुपर्दछ, न कि सेवाहरूको वरिपरि नागरिक” भन्ने भनाइ धेरै महत्त्वपूर्ण छ ।

मुलुकले सङघीय प्रणालीको अवलम्बन गर्नुको उद्देश्य सरकारलाई नागरिकको नजिक लानु पनि हो। जुन सार्वजनिक सेवा प्रवाहसँग जोडिएको छ। नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति लिएको छ।

सार्वजनिक सेवा प्रवाहमा सरकार, निजी क्षेत्र  र गैरसरकारी क्षेत्र गरी तीन किसिमका संयन्त्रले कार्य गरिरेहका हुन्छन्।

नागरिकको सरकारप्रतिको दृष्टिकोण उनीहरूले प्राप्त गर्ने सार्वजनिक सेवाको गुणस्तर, सहजता र शीघ्रताको अवस्थाबाट बन्ने गर्दछ। यसैले सार्वजनिक सेवाको प्रभावकारीता राज्य प्रणाली र सरकारको कार्यसम्पादनको समग्र तस्बिर देखाउने ऐना पनि हो। नागरिकलार्इ प्रभावकारी रूपमा गरिएको सेवा प्रवाहले सरकारको क्रियाशीलता र सङघीय प्रणाली अवलम्बनको सार्थकता अनुभूति हुन सक्दछ।

Abstract
6087
PDF
0

Author Biography

पूर्णचन्द्र Purnachandra भट्टराई Bhattarai, पूर्व सचिव, नेपाल सरकार

पूर्व सचिव, नेपाल सरकार Former Secretary, Government of Nepal

Downloads

Published

2022-06-30

How to Cite

सार्वजनिक सेवा प्रवाह: Public Service Delivery. (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 31-49. https://doi.org/10.3126/prashasan.v53i1.46313

Issue

Section

Articles

How to Cite

सार्वजनिक सेवा प्रवाह: Public Service Delivery. (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 31-49. https://doi.org/10.3126/prashasan.v53i1.46313