सम्पादकीय

Editorial

Authors

  • नारायण प्रसाद Narayan Prasad अर्याल Aryal प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • कवीन्द्र Kabindra नेपाल Nepal कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • विकास Bikas डंगोल Dangol सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • गणेश प्रसाद Ganesh Prasad आचार्य Acharya सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • गौरव Gaurav पन्थी Panthi सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Abstract

नेपालको सार्वजनिक प्रशासनको इतिहासको प्रत्यक्ष साक्षीको रूपमा विगत 54 वर्षदेखि नियमित प्रकाशित हुँदै आएको प्रशासन जर्नलको १३६औं अङ्‍क पाठकसमक्ष पुर्‍याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं । सुशासन, विकास, सेवा प्रवाह, आर्थिक प्रशासन, सङ्‍घीय शासन प्रणाली, अन्तरतह सम्बन्ध लगायत सार्वजनिक प्रशासनसँग प्रत्यक्ष र परोक्ष सम्बन्ध राख्ने विषयवस्तुलाई विगतदेखि नै यस जर्नलमा समावेश गरिँदै आइएको छ ।

सार्वजनिक चासो र सरोकारसँग आबद्ध पाठकहरूको पहिलो रोजाइको जर्नलको रूपमा स्थापित हुनु नै यसको सफलताको मापक हो । समयको गतिलाई पछ्याउन नसक्दा विगतमा राम्रा भनिएका प्रकाशनहरू हराउँदै गएको अनुभवलाई आत्मसात् गरी यस जर्नललाई समयानुकल परिमार्जित र परिस्कृत गर्ने प्रयास गरिएको छ ।

प्रविधिको विकासको वर्तमान समयमा जर्नललाई धेरै भन्दा धेरै पाठकसमक्ष पुर्‍याउने ध्येयका साथ नेपाली जर्नलहरूको साझा डिजिटल प्लेटफर्मका रूपमा रहेको NepJOL (Nepal Journals Online) मा आबद्ध गरिएको छ। यसबाट प्राज्ञिक क्षेत्रमा समेत यसको पहुँच पुगेको अवस्था छ । अन्य लेखक तथा सर्जकको लेख रचनालाई हुबहु नक्कल गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस अङ्‍कमा प्रकाशित अङ्‍ग्रेजी भाषामा लेखिएका सबै लेखहरूको Plagiarism Test गरिएको छ । यसबाट आफ्नो मौलिक लेख रचना प्रकाशन गर्न चाहने लेखकहरूका लागि यो जर्नल उपयुक्त प्रकाशन हुने विश्वास हामीले लिएका छौं ।

अन्त्यमा यस अङ्‍कका लेखहरूको भाषा सम्पादन गर्नुहुने त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. भीमलाल गौतमप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आगामी दिनमा यस जर्नललाई विषयविज्ञ समीक्षा (Peer Review) पश्चात् मात्र लेखहरु प्रकाशन गर्ने एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रकाशित जर्नलका मापदण्ड प्रयोग गरी सार्वजनिक क्षेत्रको स्तरीय जर्नलका रूपमा स्थापित गरिनेछ । सार्वजनिक प्रशासन सम्बद्ध अध्ययन अनुसन्धानमा रुचि राख्ने सबै बौद्धिक लेखक तथा पाठकहरूबाट विगतमा जस्तै सकारात्मक पृष्ठपोषण, सद्भाव र सहयोगको सदैव स्वागत र अपेक्षा रहनेछ ।

Abstract
227
PDF
0

Author Biographies

नारायण प्रसाद Narayan Prasad अर्याल Aryal, प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कवीन्द्र Kabindra नेपाल Nepal, कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

विकास Bikas डंगोल Dangol, सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गणेश प्रसाद Ganesh Prasad आचार्य Acharya, सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गौरव Gaurav पन्थी Panthi, सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Downloads

Published

2023-01-01

How to Cite

सम्पादकीय: Editorial. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 54(1), i-i. https://doi.org/10.3126/prashasan.v54i1.54621

Issue

Section

Editorial

How to Cite

सम्पादकीय: Editorial. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 54(1), i-i. https://doi.org/10.3126/prashasan.v54i1.54621