सम्पादकीय

Editorial

Authors

  • नारायण प्रसाद Narayan Prasad अर्याल Aryal प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • कवीन्द्र Kabindra नेपाल Nepal कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • गङ्‍ग बहादुर Ganga Bahadur थापा Thapa सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • गौरव Gaurav पन्थी Panthi सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • गणेश प्रसाद Ganesh Prasad आचार्य Acharya सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Abstract

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियमित रूपमा प्रकाशन हुने प्रशासन जर्नल प्रकाशनको 137 औं अङ्‍कसम्म आइपुग्दा जर्नललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रकाशित हुने ढाँचामा तयार गर्ने प्रयासको सुरुवात गरिएको छ । सार्वजनिक प्रशासन क्षेत्रको स्तरीय प्राज्ञिक जर्नलको रूपमा स्थापित गर्न मन्त्रालयबाट मिति 2080/01/31 मा स्वीकृत प्रशासन जर्नल प्रकाशनसम्बन्धी कार्यविधि, 2080 बमोजिम सार्वजनिक प्रशासन तथा सार्वजनिक व्यवस्थापन, सार्वजनिक नीति तथा विकास नीति, विकास प्रशासन तथा व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास, शासन प्रणाली, शासकीय सुधार, सुशासन, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासनमा सदाचार, शिष्टाचार र सकारात्मक सोच लगायत समसामयिक अन्य विषयहरूलाई जर्नलमा समावेश गरिने गरी कार्यविधिबमोजिम विचारमूलक तथा अनुसन्धानमूलक/तथ्यमूलक लेख पाठकसमक्ष पुर्‍याउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ ।  

विश्वव्यापी रूपमा लेख रचना अध्ययन गर्ने बानी व्यवहारमा कमी आइरहेको परिप्रेक्ष्यमा सार्वजनिक चासो र सरोकारसँग आबद्ध पाठकहरूको रोजाइमा पर्ने गरी प्रशासन जर्नललाई समयानुकूल परिमार्जित र परिस्कृत गर्ने प्रयास गरिएको छ।

सरकारी तवरबाट प्रकाशित हुने जर्नलमध्ये प्रशासन जर्नल स्तरीय जर्नल प्रकाशनका विषयविज्ञ समीक्षा (Peer Review), बौद्धिक चोरी परीक्षण (Plagiarism Test) लगायतका औजार प्रयोग गरी प्रकाशन भएको हुँदा आफ्नो मौलिक लेख रचना प्रकाशन गर्न चाहने लेखकहरूका लागि समेत यो जर्नल उपयुक्त प्रकाशन हुने विश्वास हामीले लिएका छौँ ।

प्राज्ञिक क्षेत्रमा पहुँच पुग्ने गरी प्रविधिको प्रयोगद्वारा धेरैभन्दा धेरै पाठकसमक्ष यस जर्नललाई पुर्‍याउने ध्येयका साथ नेपाली जर्नलहरूको साझा डिजिटल प्लेटफर्मका रूपमा रहेको NepJOL (Nepal Journals Online) मा आबद्ध गरिएको छ ।

आगामी दिनमा यो जर्नल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक प्रशासनसम्बद्ध अध्ययन अनुसन्धानमा रुचि राख्ने सबै बौद्धिक लेखक तथा पाठकहरूका लागि उपयोगी हुने सार्वजनिक क्षेत्रको स्तरीय जर्नलका रूपमा स्थापित गरिनेछ । सम्बद्ध सबै बौद्धिक लेखक तथा पाठकहरूबाट विगतमा जस्तै सकारात्मक पृष्ठपोषण, सद्भाव र सहयोगको सदैव अपेक्षा रहनेछ।

Abstract
347
PDF
0

Author Biographies

नारायण प्रसाद Narayan Prasad अर्याल Aryal, प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कवीन्द्र Kabindra नेपाल Nepal, कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गङ्‍ग बहादुर Ganga Bahadur थापा Thapa , सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गौरव Gaurav पन्थी Panthi, सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गणेश प्रसाद Ganesh Prasad आचार्य Acharya, सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Downloads

Published

2023-07-05

How to Cite

सम्पादकीय: Editorial. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(1). https://doi.org/10.3126/prashasan.v55i1.56431

Issue

Section

Editorial

How to Cite

सम्पादकीय: Editorial. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(1). https://doi.org/10.3126/prashasan.v55i1.56431