सुशासनका लागि डिजिटल मुद्रा तथा विद्युतीय भुक्तानी प्रणाली {Digital Currency and Electronic Payment System for Governance}

Authors

  • टिकाराम Tikaram ढकाल Dhakal नेपाल सरकार

Keywords:

उपभोगमुद्रा Currency, केन्द्रीय बैंक डिजटल मुद्रा Central Bank Digital Currency, विमुद्रीकरण Demonetization, विद्युतीय भुक्तानी प्रणाली Electronic Payment System, सुशासन Good Governance

Abstract

वस्तु तथा सेवाको विनिमयमा विश्वभर नै प्रयोग हुने वस्तु मुद्रा हो। कुनैपनि देशको आर्थिक प्रणाली त्यस देशको मुद्रा तथा भुक्तानी प्रणालीमा प्रत्यक्ष निर्भर रहेको हुन्छ। नेपाल लगायत विश्वभरी परम्परादेखि नै नोट तथा सिक्काको रुपमा भौतिक मुद्राको प्रयोग हुँदै आएको पाइन्छ तर पछिल्लो समयमा क्रिप्टोकरेन्सीको प्रयोग समेत बढ्दै गएको छ भने केन्द्रीय बैंकले निष्काशन गर्ने डिजिटल   मुद्राको प्रयोग पनि बढ्दो छ। नेपाल लगायत विश्वका अधिकांश मुलुकहरुमा हालको भौतिक मुद्रा बैंक खातामा राखी सो बराबरको रकम विभिन्न प्लेटफार्म प्रयोग गरी विद्युतीय माध्यमबाट कारोबार तथा रकम भुक्तानी हुने गरेको पाइन्छ। कुनैपनि विनिमयमा कारोबार तथा भुक्तानी हुने भौतिक मुद्राको प्रयोग हुँदा यसको गलत प्रयोग हुन सक्ने, गैरकानुनी तवरले रकम नगदको रुपमा व्यक्तिले राख्न सक्ने गुन्जायस रहन्छ तर डिजिटल मुद्राको अवलम्बन गरी शतप्रतिशत विद्युतीय माध्यमबाट भुक्तानी तथा कारोबार हुन सकेमा सबै कारोबार कानुनी दायरामा आइ सरकारको कर प्रणालीमा सुधार हुने, राजस्व वृद्धि हुने तथा भ्रष्टाचार नियन्त्रण हुन टेवा पुग्ने देखिन्छ। यो लेख तयार गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रकाशित लेख रचनाहरु एवम् विभिन्न प्रतिवेदनको अध्ययन तथा विश्लेषण गरी डिजिटल मुद्राको प्रयोग सुरुवात गरेका केही राष्ट्रहरुले यस्तो प्रणाली लागु गरेपश्चात प्राप्त गरेका पृष्ठपोषण र सुधारका प्रयासहरुको समेत अध्ययन गरी निष्कर्ष निकालिएको छ।

Abstract
456
PDF
0

Author Biography

टिकाराम Tikaram ढकाल Dhakal, नेपाल सरकार

उपसचिव

Downloads

Published

2023-12-31

How to Cite

सुशासनका लागि डिजिटल मुद्रा तथा विद्युतीय भुक्तानी प्रणाली {Digital Currency and Electronic Payment System for Governance}. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(2), 1-15. https://doi.org/10.3126/prashasan.v55i2.63527

Issue

Section

Articles

How to Cite

सुशासनका लागि डिजिटल मुद्रा तथा विद्युतीय भुक्तानी प्रणाली {Digital Currency and Electronic Payment System for Governance}. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(2), 1-15. https://doi.org/10.3126/prashasan.v55i2.63527