व्यवसायिकता र निष्ठाको कसीमा निजामती सेवा {A civil service based on professionalism and integrity}

Authors

  • दिनेश प्रसाद Dinesh Prasad थानी Thani नेपाल सरकार

Keywords:

व्यवसायिकता, निष्ठा, संरचना, जनअपेक्षा, सेवाप्रवाह

Abstract

निजामती सेवामा व्यवसायिकता र निष्ठाको वर्तमान स्थिति र यसको प्रयोगको अवस्था हेर्दा यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था, सिद्दान्त र व्यवहारमा मेल खाएको देखिंदैन। हाल निजामती सेवा निकै अप्ठ्यारो स्थितिमा गुज्रिरहेको देख्न सकिन्छ। यसले शुरुवात देखि हालसम्म प्राप्त गरेको साख जोगाइ राख्‍नु र सेवाकै दिगो निरन्तरता समेत चुनौतीपूर्ण नहोला भन्न सकिन्न। यसो हुनुको पछाडि राजनीतिक नेतृत्व मुख्य रुपमा जिम्मेवार त छँदैछ, निजामती सेवा हाँक्ने पदमा बसेका अधिकांश अधिकारीहरु पनि कम जिम्मेवार छैनन्।  निजामती सेवाको संरक्षक राजनीतिक नेतृत्व नै हो, यसमा विवाद छैन तर राजनीतिक नेतृत्वको प्रकृति अस्थायी हुन्छ, तसर्थ स्थायी सरकारको रुपमा रहेको प्रशानिक नेतृत्वले नै निजामती सेवामा कसरी व्यवसायिकता र निष्ठा कायम गर्न सकिन्छ र कसरी यसको थप विकास गर्न सकिन्छ भन्ने तर्फ विशेष ध्यान दिन जरुरी हुन्छ।  निजामती सेवाको उच्च पदमा रहेका प्रशासकहरुको व्यवहार र कार्यशैली हेर्दा यस वारेमा पटक्कै ध्यान नदिएको आरोप नागरिक तह र आमसञ्चार माध्यमबाट लाग्ने गरेको छ। निजामती सेवामा कार्यरत सचिवहरु, सह-सचिवहरु, उपसचिवहरु लगायत शाखा अधिकृत, नायव सुब्बा, खरिदार र कार्यालय सहयोगी सम्मै राजनीतिक पार्टी र त्यसका फ्रन्ट लाइनका नेताहरुको चाकडी गरेर मालदार मन्त्रालय, विभाग र कार्यालयमा सरुवा तथा पदस्थापना हुने मात्र होइन, मुलुक बाहिर समेत पदस्थापना हुन सकिने विभिन्न स्थान प्राप्त गर्न लागिपरेको जस्ता आरोपहरु सर्वसाधारण जनताबाट लाग्ने गरेको छ। निजामती सेवाको विशिष्टीकृत कानुनका रुपमा रहेको निजामती सेवा ऐन र नियमावलीमा भएका प्रावधानहरुको व्यवहारमा कार्यान्वयनको स्थिति निकै फितलो देखिन्छ। पदस्थापना, सरुवा, बढुवा र कार्यसम्पादन मूल्यांकन जस्ता विषयहरुमा निश्चित मापदण्ड बनाइएको छैन जसका कारण यी विषयहरु सधैंजसो विवादित भईनैरहेका छन्।  यसले गर्दा निजामती सेवाको मूल्य र मान्यता नै धरापमा पर्न सक्ने खतरा छ। जनतालाई उपलब्ध गराउनुपर्ने सेवाको प्रभावकारिता पनि सन्तोषजनक देखिंदैन। यी र यस्ता विविध कारणले गर्दा सिंगो निजामती सेवा प्रति नै जनताको दृष्टिकोण त्यति सकारात्मक देखिएको छैन। वर्तमानमा देखिएको यस्तो स्थितिलाई तत्काल सुधार गरी जनताको नजरमा निजामती सेवाको साख कायम राख्‍न र जनमैत्री सेवाका रुपमा स्थापित हुन निजामती सेवामा व्यवसायिकता र निष्ठा महत्वपूर्ण हुन्छ।  यसका लागि शासकीय र प्रशासकीय दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने र आ-आफ्ना कार्यव्यवहार र कार्यशैली राष्ट्रिय हित र जनमैत्री बनाउँदै संविधान र कानुनको पूर्ण परिपालना गरी जनतालाई छिटो छरितो र  कम लागतमा प्रभावकारी सेवा उपलब्ध गराई जनताको विश्वास जित्न अपरिहार्य देखिन्छ।

Abstract
428
PDF
0

Author Biography

दिनेश प्रसाद Dinesh Prasad थानी Thani, नेपाल सरकार

उपसचिव

Downloads

Published

2023-12-31

How to Cite

व्यवसायिकता र निष्ठाको कसीमा निजामती सेवा {A civil service based on professionalism and integrity}. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(2), 16-26. https://doi.org/10.3126/prashasan.v55i2.63530

Issue

Section

Articles

How to Cite

व्यवसायिकता र निष्ठाको कसीमा निजामती सेवा {A civil service based on professionalism and integrity}. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(2), 16-26. https://doi.org/10.3126/prashasan.v55i2.63530