नेपालको आर्थिक विकासको रोडम्याप: वर्तमान अवस्था र भावी दिशा {Nepal's Economic Development Roadmap: Current Status and Future Directions}

Authors

  • तीर्थराज Tirtha Raj राई Rai नेपाल सरकार

Keywords:

आर्थिक वृद्धि, आर्थिक विकास, विकासशील मुलुक, आर्थिक विकासको रोडम्याप

Abstract

राष्ट्रको उत्पादन, राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, लगानीको मात्रामा वृद्धि, रोजगारीमा वृद्धिका साथै  नागरिकका आधारभूत आवश्यकता, जीवनस्तर, मानव विकास सूचकांक आदिजस्ता परिसूचकहरुमा सुधार आउनुलाई आर्थिक विकास  भएको मानिन्छ। आ.व. २०८३ सम्ममा नेपाललाई विकासशील राष्ट्र बनाई वि.स. २०८७ सम्म मुलुकको निरपेक्ष र बहुआयामिक गरिबीको प्रतिशत घटाउने, मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नति गर्ने र दिगो विकासका लक्ष्यहरु हासिल गर्दै वि. सं. २१०० सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुर्याउने सोच छ। यही सोंचसहितको मार्गलाई आर्थिक विकासको रोडम्यापका रुपमा चित्रण गर्न सकिन्छ। आर्थिक विकासको बाधकका रुपमा कृषि क्षेत्रमा आधारित अर्थतन्त्र, गरिबी र असमान आय, पुँजीगततर्फ न्यून विनियोजन र खर्च, व्यापार असन्तुलन, कमजोर भौतिक पूर्वाधारको अवस्था, कमजोर प्रविधि, राजनीतिमा सुशासनको अभाव जस्ता चुनौती  देखा परेका छन्। यी चुनौतीहरुलाई चिर्न राजनैतिक स्थायित्व, वित्तीय संघीयताको कुशल कार्यान्वयन, आन्तरिक र बाह्य लगानी प्रवर्द्धन, निजी क्षेत्रको प्रवर्द्धन, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा सुधार, शासकीय सुधार गर्नुको विकल्प देखिंदैन।

Abstract
753
PDF
0

Author Biography

तीर्थराज Tirtha Raj राई Rai, नेपाल सरकार

उपसचिव

Downloads

Published

2024-07-05

How to Cite

नेपालको आर्थिक विकासको रोडम्याप: वर्तमान अवस्था र भावी दिशा {Nepal’s Economic Development Roadmap: Current Status and Future Directions}. (2024). Prashasan: The Nepalese Journal of Public Administration, 56(1), 45-64. https://doi.org/10.3126/prashasan.v56i1.67329

Issue

Section

Articles

How to Cite

नेपालको आर्थिक विकासको रोडम्याप: वर्तमान अवस्था र भावी दिशा {Nepal’s Economic Development Roadmap: Current Status and Future Directions}. (2024). Prashasan: The Nepalese Journal of Public Administration, 56(1), 45-64. https://doi.org/10.3126/prashasan.v56i1.67329