तथ्यमा आधारित नीति, परीक्षण र अभ्यास {Evidence-based policy, testing, and practice}

Authors

  • Kabindra Nepal नेपाल सरकार

Keywords:

सार्वजनिक नीति, नीति चक्र, तथ्य/तथ्याङ्क, नीति परीक्षण, प्रभाव मूल्याङ्कन

Abstract

सार्वजनिक नीतिहरू मुलुकको विकास, समृद्धि र सुशासनका आधार हुन्। सार्वजनिक नीति चक्रको कार्यसूची तयारी, अनुगमन तथा प्रभाव मूल्याङ्कनका प्रत्येक चरणमा अध्ययन तथा अनुसन्धानबाट प्राप्त गुणस्तरीय नतिजा तथा तथ्यलाई उपयोग गरिनुपर्दछ। व्यक्तिगत, सरकारी/गैरसरकारी तथा निजी सबै क्षेत्रमा गरिने निर्णयमा तथ्यको महत्त्व रहन्छ। सङ्घ, प्रदेश र स्थानीय तहहरू आ-आफ्नो अधिकार क्षेत्रमा नीति निर्माण तथा कार्यान्वयन गर्न/गराउन स्वतन्त्र र अधिकारसम्पन्न छन्। यसमा सहयोग पुर्‍याउन नीति अनुसन्धान प्रतिष्ठान, नीति प्रयोगशाला, सुशासन प्रयोगशाला तथा आइडिया बैंक जस्ता अभ्यास भएतापनि ती संस्थागत हुन सकेका छैनन्। यसैले तथ्यमा आधारित भई निर्णय गर्ने अभ्यासलाई तीनवटै तहमा संस्थागत गर्नुपर्ने आवश्यकता छ। सङ्घीय संसद्को पहिलो कार्यकालमा जारी भएका १०१ वटा कानुन तथा नेपाल सरकारबाट जारी भएका ११३ वटा राष्ट्रिय नीतिहरूको कार्यान्वयनको परीक्षण सुषुप्त अवस्थामै छ। हालसम्म पाँचवटा राष्ट्रिय नीतिहरूको मात्र परीक्षण गरिएको छ। प्रदेश र स्थानीय तहमा यसको थालनी नै भएको छैन। यसैले ७६१ वटै शासकीय इकाईमा नीति तथा कानुन निर्माणदेखि प्रभाव मूल्याङ्कनसम्म यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता देखिन्छ।

Abstract
540
PDF
0

Author Biography

Kabindra Nepal, नेपाल सरकार

सहसचिव

Downloads

Published

2025-06-26

How to Cite

तथ्यमा आधारित नीति, परीक्षण र अभ्यास {Evidence-based policy, testing, and practice}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 1-15. https://doi.org/10.3126/prashasan.v57i1.80648

Issue

Section

Articles

How to Cite

तथ्यमा आधारित नीति, परीक्षण र अभ्यास {Evidence-based policy, testing, and practice}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 1-15. https://doi.org/10.3126/prashasan.v57i1.80648