नेपालमा सुशासनको आवश्यकता, महत्त्व, समस्या र सुझाव {The need, importance, issues, and suggestions for good governance in Nepal}

Authors

  • Gambhir Bahadur Hada भक्तपुर बहुमुखी क्याम्पस

Keywords:

सुशासनको महत्त्व, संस्थागत सुशासन, सार्वजनिक संस्थानहरू, सुशासनका आयामहरू, सुशासनका सूचकहरू

Abstract

सुशासन, सामाजिक न्याय र समृद्धि समकालीन नेपालका महत्त्वपूर्ण शासकीय गन्तव्यहरू हुन्। सुशासन सरकारले नागरिक समाज र निजी क्षेत्रसँगको सहकार्यमा नागरिकलाई पारदर्शिता, जवाफदेहिता, समावेशिता, प्रभावकारिता, मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता, कानुनको शासन र समन्यायिकता जस्ता उदार लोकतन्त्रका आधारभूत सिद्धान्तमा आधारित असल शासनका माध्यमबाट आत्मसम्मान सहितको समृद्धि, स्वतन्त्रता र न्याय प्रत्याभूति गर्ने प्रणाली हो। आधुनिक राज्यको वैधता र वैधानिकता सुशासनमा अडिएको हुन्छ। विगत केही समययता नेपालमा सुशासनको आवश्यकता र यसको अवस्थाका बारेमा गहिरा बहसहरू अघि बढेका मात्रै छैनन्, समकालीन राजनीतिक समाजको सुशासन प्रत्याभूति गर्ने क्षमता र यसप्रतिको प्रतिबद्धताका सम्बन्धमा समाजका हरेक तप्काबाट प्रश्नहरू उठाइएका छन्। सामुदायिक सुशासन, बजार सुशासन, र सार्वजनिक सुशासनलाई संस्थागत गर्न नसकिएमा यसले नागरिक र राज्यबीचको विश्वासको डोरी कमजोर पारी राज्य संस्थाको वैधानिकतामा नै प्रश्‍न उठाउन सक्छ र हालसम्मका राजनीतिक उपलब्धिहरूलाई नै उथलपुथल पार्न सक्छ। नेपाल विश्वका दुई उदीयमान अर्थतन्त्र बिच रहेकाले कमजोर सुशासन हाम्रो अस्तित्वका लागि समेत खतरा हुन सक्छ। यस विश्लेषणात्मक लेखमा सुशासनको महत्त्वका बारेमा चर्चा गरिएको छ।

Abstract
1326
PDF
0

Author Biography

Gambhir Bahadur Hada, भक्तपुर बहुमुखी क्याम्पस

पूर्व सहप्राध्यापक

Downloads

Published

2025-06-26

How to Cite

नेपालमा सुशासनको आवश्यकता, महत्त्व, समस्या र सुझाव {The need, importance, issues, and suggestions for good governance in Nepal}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 31-62. https://doi.org/10.3126/prashasan.v57i1.80656

Issue

Section

Articles

How to Cite

नेपालमा सुशासनको आवश्यकता, महत्त्व, समस्या र सुझाव {The need, importance, issues, and suggestions for good governance in Nepal}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 31-62. https://doi.org/10.3126/prashasan.v57i1.80656