प्रतिस्पर्धायुक्त सार्वजनिक खरिद: नेपालमा वर्तमान अभ्यासको समीक्षा {Competitive public procurement: A review of current practices in Nepal}

Authors

  • Dhrub Nepal

Keywords:

सार्वजनिक खरिद, प्रतिस्पर्धा, बोलपत्र, मिलेमतो, खरिद लागत वृद्धि

Abstract

सार्वजनिक खरिद प्रतिस्पर्धामा आधारित हुनुपर्ने मान्यता विश्वभरि नै छ। प्रतिस्पर्धाले खरिद गर्ने पक्षलाई मात्र नभई विक्रेता पक्षलाई पनि बिक्रीका लागि समान अवसर प्रदान गरेर साथै क्षमता विकासमा सघाउ पुर्‍याएर फाइदा पुर्‍याउँछ। नेपालमा पनि मूलभूतरूपमा सरकारले गर्ने वा सरकारी रकमबाट हुने खरिद प्रतिस्पर्धात्मक हुनुपर्ने गरी खरिद कानुन तथा प्रतिस्पर्धा प्रवर्धनसम्बन्धी कानुन तथा यीअन्तर्गत बनेका कागजातहरूमा प्रावधान राखिएका छन्। तर, प्रतिस्पर्धाको कारणबाट व्यक्तिगतरूपमा अपेक्षित लाभ नहुने देखेर खरिदको प्रक्रियालाई प्रभावित पार्न सक्ने वर्गले प्रतिस्पर्धा नहुने वा देखावटीरूपमा मात्र भएको देखिने प्रपञ्च मिलाउने गरेको भेटिन्छ। यस खाले व्यवहारले संस्थागत क्रेता तथा विक्रेतालाई के-कस्तो प्रभाव पार्छ र यसको न्यूनीकरणका लागि के गर्नु उपयुक्त हुन्छ भन्नेमा यो लेख केन्द्रित छ। यो लेखमा सम्बन्धित कानुनी प्रावधानहरू तथा अभ्यासहरूका सम्बन्धमा एक खरिद विज्ञले अनुभूत गरेका तथ्य तथा दृष्टान्तहरू प्रस्तुत छन्।

Abstract
228
PDF
0

Author Biography

Dhrub Nepal

खरिद सम्बन्धी स्वतन्त्र परामर्शदाता

Downloads

Published

2025-06-26

How to Cite

प्रतिस्पर्धायुक्त सार्वजनिक खरिद: नेपालमा वर्तमान अभ्यासको समीक्षा {Competitive public procurement: A review of current practices in Nepal}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 87-102. https://doi.org/10.3126/prashasan.v57i1.80660

Issue

Section

Articles

How to Cite

प्रतिस्पर्धायुक्त सार्वजनिक खरिद: नेपालमा वर्तमान अभ्यासको समीक्षा {Competitive public procurement: A review of current practices in Nepal}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 87-102. https://doi.org/10.3126/prashasan.v57i1.80660