निजामती सेवामा देखिएका विकृति र समाधानका उपायहरू {The anomalies observed in the civil service and the measures for their solution}

Authors

  • Dholkaraj Dhakal नेपाल सरकार

Keywords:

निजामती सेवा, विकृति, स्वरूप, विकासक्रम, प्रविधिमैत्री सेवा

Abstract

सरकारी राजस्वबाट तलब पाउने, निश्चित योग्यता र क्षमता भएका, संविधान र कानुनप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ स्थायी प्रकृतिका कर्मचारी भएको सेवा नै निजामती सेवा हो। आवधिक योजनाले लिएको लक्ष्य, राष्ट्रको दीर्घकालीन सोच र नेतृत्वले निर्धारण गरेको गन्तव्यसम्मको पहुँचमार्ग तय गर्ने महत्वपूर्ण अभिभारा निजामती सेवामा रहेको छ। पछिल्लो समय निजामती सेवामा विभिन्न खालका विकृतिहरू देखिएको भनी यसको व्यापक आलोचना हुने गरेको छ। यस्ता विकृतिहरू निजामती सेवामा स्वतः सिर्जना हुँदैनन्। यहाँको सामाजिक अभिप्राय, राजनीतिक संस्कृति र वातावरणीय परिवेशद्वारा सिर्जना गरिएका हुन्छन्। निजामती सेवामा आफ्नो मान्छे, अन्याय, अकर्मण्यता, अवसरवाद, अधिकारको दुरुपयोग, अनुशासनहीनता जस्ता विकृति देखिएका छन्। निजामती सेवामा देखिएका यस्ता विकृतिहरू नियन्त्रणका सन्दर्भमा विभिन्न नीतिगत, संस्थागत एवं सुधारात्मक प्रयासहरू समेत नभएका होइनन् तर पनि यस्ता नीति-कानुनहरूको प्रभावकारी कार्यान्वयन र सुधारात्मक प्रयासहरूको संस्थागत निरन्तरता हुन नसक्दा निजामती सेवामा अपेक्षित सुधार आएको देखिँदैन। निजामती सेवाका यस्ता विकृति नियन्त्रणका लागि बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन, राजनीतिक नेतृत्वहरूको प्रतिबद्धता र प्रशासनिक क्षेत्रको सकारात्मक सोचसहित कार्यप्रक्रिया सरलीकरण एवं कार्यदक्षता प्रदर्शन नै सुधारको अन्तरवस्तु हो।

Abstract
348
PDF
0

Author Biography

Dholkaraj Dhakal, नेपाल सरकार

सहसचिव

Downloads

Published

2025-06-26

How to Cite

निजामती सेवामा देखिएका विकृति र समाधानका उपायहरू {The anomalies observed in the civil service and the measures for their solution}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 103-121. https://doi.org/10.3126/prashasan.v57i1.80661

Issue

Section

Articles

How to Cite

निजामती सेवामा देखिएका विकृति र समाधानका उपायहरू {The anomalies observed in the civil service and the measures for their solution}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(1), 103-121. https://doi.org/10.3126/prashasan.v57i1.80661