स्थानीय तहको आवधिक विकास योजनाको निर्माण {Formulation of periodic development plans of local levels}

Authors

  • Gopi Krishna Khanal नेपाल सरकार

Keywords:

स्थानगत योजना, रणनीतिक योजना, भू-उपयोग योजना, स्थानीय विकास, दिगो विकास।

Abstract

स्थानीय तहको आवधिक विकास योजना दीर्घकालीन सोचसहित कम्तीमा आगामी पाँच वर्षलाई लक्षित गरी बनाइने रणनीतिक योजना, स्थानगत योजना, विषयगत योजना र कुनै स्थान विशेषका विशिष्ट योजनाको सम्मिश्रण हो। नेपालमा तीव्र गतिमा सहरीकरण भइरहेको छ। गाउँहरू रित्तिने र सहरी क्षेत्र भरिने क्रम बढेको छ। बढ्दो सहरीकरणको परिप्रेक्ष्यमा आगामी दिनमा स्थानीय तहहरूले स्थानगत आवधिक योजना निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्नु आवश्यक छ। स्थानगत आवधिक विकास योजनाले स्थानीय विकासका आवश्यकता र यसमा गरिने क्रियाकलापहरूलाई स्थानीय भूगोल र प्राकृतिक अवस्थासँग जोड्छ। स्थानीय तहको आवधिक योजनामा रणनीतिक मार्गदर्शनको अंश सानो तर स्थानगत सम्भागको पक्ष विस्तृत हुनु पर्नेमा सो हुन नसकेका कारण हाल निर्माण भएका आवधिक योजनाहरू कार्यान्वयनमा आउन सकेका छैनन्। नेपाल सरकारले प्रदेशसँग सहकार्य गरी स्थानीय नागरिक, स्थानीय जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीतन्त्रको स्वामित्वबोध हुनेगरी स्थानगत आधारमा आवधिक योजना निर्माणमा सहयोग गर्न सक्नुपर्छ। स्थानीय तहले आवधिक योजना निर्माण गर्दा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजना सूची समेत तयार गर्नुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गरी यिनै सूचीका आधारमा परियोजना बैंक निर्माण गरी यी परियोजनालाई मध्यकालीन खर्च संरचनामा समावेश गरी यसैको आधारमा वार्षिक विकास योजना निर्माण गर्ने पद्धतिको खाँचो रहेको छ। यो विवरणात्मक लेखमा स्थानगत आवधिक विकास योजनाका अवधारणा र यसका सम्भागबारे चर्चा गरिएको छ। यो लेख स्थानीय तहका जनप्रतिनिधि र स्थानीय तहको आवधिक विकास योजना निर्माणका सरोकारवालाई लक्षित गरिएको छ।

Abstract
165
PDF
0

Author Biography

Gopi Krishna Khanal, नेपाल सरकार

पूर्व सचिव

Downloads

Published

2025-12-29

How to Cite

स्थानीय तहको आवधिक विकास योजनाको निर्माण {Formulation of periodic development plans of local levels}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(2), 13-33. https://doi.org/10.3126/prashasan.v57i2.91207

Issue

Section

Articles

How to Cite

स्थानीय तहको आवधिक विकास योजनाको निर्माण {Formulation of periodic development plans of local levels}. (2025). Prashasan: The Nepalese Journal of Public Administration, 57(2), 13-33. https://doi.org/10.3126/prashasan.v57i2.91207