विद्यालय शिक्षामा वैदेशिक सहायता: ऐतिहासिक समीक्षा र वर्तमान अवस्था {Foreign Aid in Education: Historical Review and Present Status}

Authors

  • Devi Ram Acharya नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v57i2.91209

Keywords:

विकास सहायता, शिक्षा विकास, विकास साझेदार, दिगोपना

Abstract

पूर्वाधार निर्माण, विकास आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रको आन्तरिक स्रोत मात्र पर्याप्त नभएको अवस्थामा वैदेशिक सहायता लिने गरिन्छ। सामान्यतया धनी तथा विकसित देशहरूले अल्पविकसित र विकासोन्मुख देशहरूलाई उपलब्ध गराउने वित्तीय अनुदान, ऋण, वस्तुगत सहायता, प्राविधिक सहायता लगायतका विभिन्न सहयोगलाई वैदेशिक सहायताको रूपमा बुझिन्छ। औपचारिक रूपमा वि.सं. २०१३ देखि शिक्षा क्षेत्रमा वैदेशिक सहायता सुरु भएको देखिन्छ। नेपालको विद्यालय शिक्षामा वैदेशिक सहायताको ऐतिहासिक समीक्षा र वर्तमान अवस्थाका बारेमा साधारण वर्णनात्मक विश्लेषण गर्नु यस आलेखको उद्देश्य हो। विभिन्न दातृ निकायसँग सम्बन्धित परियोजनाका दस्तावेजहरूको अध्ययनका आधारमा यो लेख तयार गरिएको छ। लेखमा खासगरी विद्यालय शिक्षामा विभिन्न समयमा दातृ निकायबाट सञ्चालित परियोजना तथा कार्यक्रमगत सहयोगको विवरण प्रस्तुत गरिएको छ। औपचारिक अभिलेखमा सहजै प्राप्त नहुने तथा प्राविधिक सहायता र वस्तुगत सहायताका रूपमा उपलब्ध वैदेशिक सहायताको विवरण यसमा समावेश गरिएको छैन। नेपालको विद्यालय शिक्षाको विकासमा वैदेशिक सहयोगको योगदान उल्लेखनीय देखिए तापनि शिक्षाको गुणस्तरमा अपेक्षित सुधार हुन सकिरहेको छैन। सन् १९५० को दशकबाट सुरु भएको वैदेशिक सहायता 'सबैका लागि शिक्षा' अभियानपछि निकै बढेको र हाल क्रमशः घट्दै गएको अवस्था छ। पहुँच विस्तार र पूर्वाधार विकासमा वैदेशिक सहायताले मिश्रित योगदान गरे तापनि दिगोपनामा समस्या देखिएको छ। शिक्षा क्षेत्रमा विभिन्न विकास साझेदारमार्फत भइरहेको वैदेशिक सहायतालाई शैक्षिक प्राथमिकता र आवश्यकतामा आधारित बनाउनुका साथै दिगोपना र अपनत्व बढाउन जोड दिनुपर्ने देखिन्छ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Devi Ram Acharya, नेपाल सरकार

उपसचिव (शिक्षा)

Downloads

Published

2025-12-29

How to Cite

Acharya, D. R. (2025). विद्यालय शिक्षामा वैदेशिक सहायता: ऐतिहासिक समीक्षा र वर्तमान अवस्था {Foreign Aid in Education: Historical Review and Present Status}. Prashasan: The Nepalese Journal of Public Administration, 57(2), 47–59. https://doi.org/10.3126/prashasan.v57i2.91209

Issue

Section

Articles