निजामती प्रशासनमा स्वास्थ्य सचेतना: जोखिम न्यूनीकरणको उपाय {Health Awareness in Civil Administration: Measures for Risk Reduction}

Authors

  • Ram Thapa Kshetri स्वास्थ्य बीमा बोर्ड

DOI:

https://doi.org/10.3126/prashasan.v57i2.91210

Keywords:

सबल प्रशासन, स्वस्थ जीवनशैली, आकस्मिक स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा

Abstract

सबल र सक्षम कर्मचारी संयन्त्रबाट नै राष्ट्रको समुन्नति, सुशासन र समृद्धि सम्भव छ। तसर्थ, राष्ट्रसेवक कर्मचारीलाई शारीरिक र मानसिक तबरले स्वस्थ, सबल, मर्यादित, उच्च नैतिकता र मनोबलका साथ काम गर्न सक्ने वातावरणको निर्माण गर्नतर्फ पनि सबैको ध्यान जानु आवश्यक छ।स्वस्थ र सबल जीवनयापन हामी सबैको चाहना हो। जनताको हितमा सेवा गर्ने कर्मचारीहरू स्वस्थ हुनु आवश्यक छ। दीर्घायु, खुसी र सुखी परिवार नै हाम्रा सर्वोपरि कुरा हुन्। हाम्रा स्वच्छ र सन्तुलित आहारविहारमा ध्यान नपुर्‍याउँदा कालान्तरमा जटिल रोगहरूको सिकार बनिरहेका छौँ। आकस्मिक स्वास्थ्य समस्या जुनसुकै बेला, जोसुकैलाई आइपर्न सक्छ। त्यस्तो संवेदनशील परिस्थितिमा स्वास्थ्य सम्बन्धी सामान्य सीप र विधिले जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।दैनिक जीवनमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याहरूलाई तत्कालै उचित चिकित्सकीय व्यवस्थापन गर्न सकिएमा मानव जीवनलाई स्वस्थ, समृद्ध र सबल बनाउन सकिन्छ। आकस्मिक स्वास्थ्य सम्बन्धी ज्ञान र सचेतनाले आफू पनि बच्न र अरूलाई बचाउन मद्दत पुग्ने हुँदा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी हामी सबैले राख्नुपर्दछ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
13

Author Biography

Ram Thapa Kshetri, स्वास्थ्य बीमा बोर्ड

मेडिकल अधिकृत

Downloads

Published

2025-12-29

How to Cite

Thapa Kshetri, R. (2025). निजामती प्रशासनमा स्वास्थ्य सचेतना: जोखिम न्यूनीकरणको उपाय {Health Awareness in Civil Administration: Measures for Risk Reduction}. Prashasan: The Nepalese Journal of Public Administration, 57(2), 60–75. https://doi.org/10.3126/prashasan.v57i2.91210

Issue

Section

Articles