नेपालका प्रमुख राजनीतिक दलका घोषणापत्र (२०७९) मा शैक्षिक सवाल

Authors

  • Dilli Raj Gautam Dhawalagiri Multiple Campus, Baglung

DOI:

https://doi.org/10.3126/ps.v22i1.64848

Keywords:

राजनीतिक दल, घोषणापत्र, अभिकर्ता, उदारवादी, अधिनायकत्व, शैक्षिक सवाल

Abstract

प्रस्तुत लेख नेपालका प्रमुख राजनीतिक दलका घोषणापत्रमा शैक्षिक सवाल भन्ने विषयमा केन्द्रित छ । समान राजनीतिक दर्शन, सिद्धान्त, नीति र कार्यक्रममा आस्थावान मानिसहरुको स¬ङ्गठित समूह नै राजनीतिक दल हो । नेपालको वर्तमान संविधानले दलीय व्यवस्थालाई अंगिकार गरेको छ । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरु देशको विकास र समृद्धिका लागि औपचारिक प्रतिस्पर्धी अभिकर्ताहरु हुन् । आवधिक निर्वाचन दलीय व्यवस्थाको अनिवार्य सर्त हो । दलहरु निर्वाचनमार्पmत सत्तामा पुग्ने र बाहिरिने गर्दछन् । निर्वाचन हुनुपूर्व आफूले चुनाव जितेर सत्तामा गएपछि दलले गर्ने प्रमुख कामहरुको फेहरिस्त नै निर्वाचन घोषणापत्र हो । वि.सं.२०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) हुन् । निर्वाचन प्रयोजनका लागि उनीहरुले तयार गरेका संकल्प पत्र, घोषणापत्र वा प्रतिबद्धता पत्रका आधारमा उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी यो लेख तयार गरिएको हो । प्राथमिक तथा द्वितीयक स्रोतका यी सामग्रीहरुको अध्ययन गर्दा दलहरुका घोषणापत्रमा नेपालको शैक्षिक सवाल प्राथमिकतामा नपरेको र सबै दलका घोषणापत्रमा एकरुपता पनि नभएको देखिन्छ । तसर्थ सबै राजनीतिक दलहरुले आप्mना घोषणापत्रमा सिद्धान्त र व्यवहारमा एकरुपता कायम गर्ने र व्यवहारमा इमान्दारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्धताका साथ जवाफदेही रहनु पर्दछ भन्ने सुझावहरु औंल्याइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
1

Author Biography

Dilli Raj Gautam, Dhawalagiri Multiple Campus, Baglung

Dilli Raj Gautam is an assistant professor of political science at TU, Dhawalagiri Multiple Campus, Baglung. He got PhD in Political Science from TU. His area of interest is local government and fundamental rights.

Downloads

Published

2024-04-16

How to Cite

Gautam, D. (2024). नेपालका प्रमुख राजनीतिक दलका घोषणापत्र (२०७९) मा शैक्षिक सवाल. Pragnya Sarathi प्रज्ञा-सारथि, 22(1), 79–86. https://doi.org/10.3126/ps.v22i1.64848

Issue

Section

Articles