वीरशाली पन्त : व्यक्तित्व र कृतित्व
DOI:
https://doi.org/10.3126/ps.v24i1.92774Keywords:
कुर्माञ्चली, विद्वत्प्रिय, विद्वान्विदुुषी, विमलबोधानुभव, वैष्णवAbstract
वीरशाली पन्त नेपाली कविताको इतिहासमा प्राथमिक कालको उत्तरार्ध चरणअन्तर्गत कृष्णभक्ति धाराका कवि हुन् । उनले ‘वाणोपनिषद्’, ‘विमलबोधानुभव’ ‘गोपिका स्तुति’, ‘द्रौपदी विलाप’, ‘कृष्ण चरित्र’, ‘सरस प्रेमावली’ लगायतका कृतिहरू लेखेका छन् भनिन्छ । तर पन्त को हुन् ? र उनका कृतिहरू केकस्तो अवस्थामा रहेका छन् भन्ने तथ्यपरक प्रमाणहरू भने भेटिएका छैनन् । यही समस्यालाई अध्ययनको मूल उद्देश्य बनाइएको छ । पन्तका विषयमा बाबुराम आचार्य, वीरेन्द्रकेशरी, कमल दीक्षित, सूर्यविक्रम, राजाराम, शास्त्रदत्त, बालकृष्ण, काजीरोशन, प्रेम छोटालगायतका धेरै अध्यताले सामान्य परिचय दिएका छन् । तर उनी र उनका कृतिहरूका विषयमा तथ्यपरक खोजी भएको छैन । तसर्थ क्षेत्रीय र पुस्तकालयीय दुवै अध्ययन विधिमा आधारित भई वर्णनात्मक र विश्लेषणात्मक शैलीको उपयोग गरी यो लेख तयार गरिएको हो । नेपाली काव्यको इतिहासमा सुरुदेखि वि.सं. १९४० सम्मको अवधिलाई प्राथमिक काल र यसअन्तर्गत पनि पूर्वार्ध चरणलाई वीरधारा तथा उत्तरार्ध चरणलाई भक्तिधाराका नामले चिनिन्छ । वीरशाली पन्त यही भक्तिधाराको पनि कृष्णभक्ति धाराका कवि हुन् भन्ने मान्यता रहेको छ । यही मान्यताका आधारमा वीरशाली पन्त बागलुङको ढिकीचौर निवासी आध्यात्मिक व्यक्तित्व हुन् भन्ने अवधारणालाई यहाँ पुष्टि गर्ने प्रयास गरिएको छ । यस अध्ययनमा वीरशाली पन्त धवलागिरि क्षेत्रका अग्रज कवि तथा पण्डित हुन्; उनी बालब्रह्मचारी थिए; कार्कीकोटको अम्वल (गुठी) खेत भोगचलन गर्थे; आप्mनो पुख्र्यौली सम्पत्तिको स्वामित्व काकालाई हस्तान्तरण गरी उनले जीवनको उत्तराद्र्ध चरण भारतको वृन्दावनमा व्यतीत गरे भन्ने तथ्य प्राप्त भएको छ । तसर्थ यस लेखमा वीरशाली पन्त बागलुङको धर्तीमा जन्मिएका कर्मठ साहित्यानुरागी ऐतिहासिक व्यक्तित्व हुन् भन्ने निष्कर्ष रहेको छ । प्रस्तुत अध्ययनले यस क्षेत्रको ऐतिहासिक तथ्यपरक अध्ययनमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.