वीरशाली पन्त : व्यक्तित्व र कृतित्व

Authors

DOI:

https://doi.org/10.3126/ps.v24i1.92774

Keywords:

कुर्माञ्चली, विद्वत्प्रिय, विद्वान्विदुुषी, विमलबोधानुभव, वैष्णव

Abstract

वीरशाली पन्त नेपाली कविताको इतिहासमा प्राथमिक कालको उत्तरार्ध चरणअन्तर्गत कृष्णभक्ति धाराका कवि हुन् । उनले ‘वाणोपनिषद्’, ‘विमलबोधानुभव’ ‘गोपिका स्तुति’, ‘द्रौपदी विलाप’, ‘कृष्ण चरित्र’, ‘सरस प्रेमावली’ लगायतका कृतिहरू लेखेका छन् भनिन्छ । तर पन्त को हुन् ? र उनका कृतिहरू केकस्तो अवस्थामा रहेका छन् भन्ने तथ्यपरक प्रमाणहरू भने भेटिएका छैनन् । यही समस्यालाई अध्ययनको मूल उद्देश्य बनाइएको छ । पन्तका विषयमा बाबुराम आचार्य, वीरेन्द्रकेशरी, कमल दीक्षित, सूर्यविक्रम, राजाराम, शास्त्रदत्त, बालकृष्ण, काजीरोशन, प्रेम छोटालगायतका धेरै अध्यताले सामान्य परिचय दिएका छन् । तर उनी र उनका कृतिहरूका विषयमा तथ्यपरक खोजी भएको छैन । तसर्थ क्षेत्रीय र पुस्तकालयीय दुवै अध्ययन विधिमा आधारित भई वर्णनात्मक र विश्लेषणात्मक शैलीको उपयोग गरी यो लेख तयार गरिएको हो । नेपाली काव्यको इतिहासमा सुरुदेखि वि.सं. १९४० सम्मको अवधिलाई प्राथमिक काल र यसअन्तर्गत पनि पूर्वार्ध चरणलाई वीरधारा तथा उत्तरार्ध चरणलाई भक्तिधाराका नामले चिनिन्छ । वीरशाली पन्त यही भक्तिधाराको पनि कृष्णभक्ति धाराका कवि हुन् भन्ने मान्यता रहेको छ । यही मान्यताका आधारमा वीरशाली पन्त बागलुङको ढिकीचौर निवासी आध्यात्मिक व्यक्तित्व हुन् भन्ने अवधारणालाई यहाँ पुष्टि गर्ने प्रयास गरिएको छ । यस अध्ययनमा वीरशाली पन्त धवलागिरि क्षेत्रका अग्रज कवि तथा पण्डित हुन्; उनी बालब्रह्मचारी थिए; कार्कीकोटको अम्वल (गुठी) खेत भोगचलन गर्थे; आप्mनो पुख्र्यौली सम्पत्तिको स्वामित्व काकालाई हस्तान्तरण गरी उनले जीवनको उत्तराद्र्ध चरण भारतको वृन्दावनमा व्यतीत गरे भन्ने तथ्य प्राप्त भएको छ । तसर्थ यस लेखमा वीरशाली पन्त बागलुङको धर्तीमा जन्मिएका कर्मठ साहित्यानुरागी ऐतिहासिक व्यक्तित्व हुन् भन्ने निष्कर्ष रहेको छ । प्रस्तुत अध्ययनले यस क्षेत्रको ऐतिहासिक तथ्यपरक अध्ययनमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
12

Author Biography

Din Bahadur Thapa, Dhawalagiri Multiple Campus, Tribhuvan University

Din Bahadur Thapa, PhD is a Professor of Nepali language, at Tribhuvan University, Nepal. He has got PhD in Sociolinguistics in Nepali Language from TU, Nepal. His focal area of study is socio-linguistics and Nepali Folklore.

Downloads

Published

2026-04-15

How to Cite

Thapa, D. B. (2026). वीरशाली पन्त : व्यक्तित्व र कृतित्व. Pragnya Sarathi , 24(1), 147–156. https://doi.org/10.3126/ps.v24i1.92774

Issue

Section

Articles