विद्यालय शिक्षामा बहुकक्षा बहुस्तर शिक्षणका लागि कक्षा व्यवस्थापन {Classroom Management for Multigrade Multigrade Teaching in School Education}

Authors

  • बद्रीप्रसाद Badriprasad फुएल Phuyel महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम Mahendraratna Multiple Campus, Ilam

DOI:

https://doi.org/10.3126/rj.v8i1.61276

Keywords:

शिक्षणसिकाइ सामग्री, शिक्षण, बहुकक्षा शिक्षण, बहुस्तर शिक्षण, कक्षाकोठा व्यवस्थापन

Abstract

यस अध्ययनको उद्देश्य विद्यालय शिक्षामा बहुकक्षा बहुस्तर शिक्षणको परिचय दिंदै यसलाई हाम्रा विद्यालयहरूमा प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उपायको चर्चा गर्नु रहेको छ । प्रस्तुत लेख उपलब्ध सम्बन्धित साहित्य, अनुसन्धानात्मक प्रतिवेदन, पत्रपत्रिकामा प्रकाशित सामग्री, इन्टरनेट जस्ता द्वितीय स्रोत सामग्रीहरू अध्ययन गरी पुस्तकालय विधिद्वारा तयार पारिएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइ पद्धति शिक्षणका क्षेत्रमा आएको नयाँ अवधारणा हो । भारतको आन्ध्रप्रदेशमा कृष्णमूर्ति फाउन्डेसनले सञ्चालन गरेको ऋषिभ्याली इन्टिच्युट अफ एजुकेसनल रिसोर्सको सहकार्यमा यो पद्धति नेपालमा सुरु भएको थियो । यस पद्धतिलाई अवलम्बन गर्दा सिकारु सक्रिय हुने भएकाले अहिले विश्वमा आएको शिक्षणसिकाइ प्रवृत्तिअनुसार गरेर सिक्ने मान्यतालाई अँगाल्छ । यस पद्धतिले बालकेन्द्रित, योजनाबद्ध गरेर सिक्ने एवम्सक्रिय सिकाइ, समस्या समाधान उपागम, सहयोगात्मक, प्रतिबिम्बात्मक, क्रमिक विकास, निर्माणात्मक, समावेशी, संस्कृतिकेन्द्रित, भयरहित एवम्रोचक, निदानात्मक, बहुबौद्धिकताको शिक्षणसिकाइ सिद्धान्तको प्रयोग जस्ता सैद्धान्तिक आधारलाई अँगालेको देखिन्छ । यसलाई कार्यान्वयन गर्ने सिलसिलामा बहुकक्षा बहुस्तर शिक्षणसिकाइ सामग्रीको रूपमा रूजुसूची, सिकाइ सिँढी, कोसे ढुङ्गा, चेकलिस्ट, सिकाइ कार्ड एवम विद्यार्थी कार्यपुस्तिका आवश्यक हुन्छ । बहुकक्षा बहुस्तर पद्धतिमा कक्षाकोठा व्यवस्थापनअन्तर्गत कक्षाकोठाको छनोट, ¥याक, टेबुल निर्माण, बसाइ व्यवस्था, किट बक्सको प्रयोग, कालोपाटी व्यवस्थापन, प्रदर्शनी बोर्ड, ह्याङ्गिङको व्यवस्था, सिकाइ अभिलेख व्यवस्थापन पर्दछन्। नेपालमा यो पद्धतिलाई सही रूपमा अँगाल्न सकियो भने यसले सबैका लागि शिक्षा भन्ने सहस्राब्दी लक्ष्य प्राप्त गर्न सहज बनाउने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
45
PDF
36

Author Biography

बद्रीप्रसाद Badriprasad फुएल Phuyel, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम Mahendraratna Multiple Campus, Ilam

उपप्राध्यापक (शिक्षा)

Downloads

Published

2023-12-31

How to Cite

फुएल Phuyel ब. B. (2023). विद्यालय शिक्षामा बहुकक्षा बहुस्तर शिक्षणका लागि कक्षा व्यवस्थापन {Classroom Management for Multigrade Multigrade Teaching in School Education}. Research Journal, 8(1), 139–152. https://doi.org/10.3126/rj.v8i1.61276

Issue

Section

Articles