सीताबडामहारानीको परसंस्कृतिग्रहण र प्रभाव

Authors

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.80934

Keywords:

इतिहास,, विभेद, सामाजिक वर्ग,, हैसियत, शक्ति र प्रभाव

Abstract

राणा शासनको समयमा राष्ट्र र राज्यको प्रमुख राजा भए तापनि राजाहरू आलङ्कारिक अवस्थामा मात्र सीमित रहेको तथ्य विभिन्न ऐतिहासिक दस्तावेज तथा पुस्तकहरूबाट प्रष्ट हुन्छ । उक्त आलङ्कारिक शासन प्रणालीमा पहिलो कानुन मुलुकी ऐन १९१० मार्फत तहगत जातीय ब्यवस्था लागू गरी कुन कुन जाति कुन वर्ग तथा के कस्तो सामाजिक हैसियतमा रहने र उक्त वर्ग र हैसियत अनुसार के कस्ता कार्यहरू गर्ने नगर्ने तथा जातीय वर्ग अनुसार छुट्टा छुट्टै दण्ड सजायको भागिदार रहने कुरा उल्लेख गरेको पाइन्छ । यद्यपि यस लेखमा उक्त कानुनी व्यवस्थामा पनि कथित तल्लो सामाजिक वर्गका जातिहरूमध्ये केहीले के कसरी आफ्नो सामाजिक हैसियत र वर्ग उच्च जाति तथा शासकसरह उभ्याउन सफल रह्यो भन्ने कुरा बहुसत्यताको सिद्धान्तमा रही गुणात्मक विधि अपनाई उजारगर गर्ने प्रयास गरिएको छ । राणाहरूले राज्य शासनको कार्यकरी शक्ति राजाबाट आफ्नो हातमा ल्याउन सफल भएपछि कथित तल्लो जातिका सीमित व्यक्तिहरूले पनि उनीहरूलाई रिझाई आफ्नो सामाजिक हैसियत उच्च वर्गसरह कायम गर्न सफल भएको पाइन्छ । यसैको ज्वलन्त उदाहरण हो सीता बडामहारानी । उनी राणा श्री ३ प्रधानमन्त्री भीमशमशेर राणाकी कान्छी पत्नी थिइन् । उनी तत्कालीन समयमा राज्यको वैधानिक कानुनबाटै मासिन्य मतवाली अर्थात् मार्न मिल्ने वा मास्न मिल्ने तहगत जातीय व्यवस्थाअनुरूप तल्लो वर्गको तामाङ जातिकी थिइन् । तत्कालीन पूर्व ४ नम्बर दिप्रुङ दिहुबाट राणा दरबारमा सुसारेको रूपमा प्रवेश गरेकी उनी अन्ततः सीता बडामहारानी भएकी थिइन् । यसरी राज्यको प्रमुख तहमा उत्पीडित जातिबाट प्रतिनिधित्व हुँदा उक्त समुदायलाई शासकीय व्यवस्थाले गर्ने व्यवहार र हेर्ने चश्मामा कति फरक पर्दो रहेछ र सामाजिक वर्ग र हैसियतमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने तथ्य यस अध्ययनबाट उजागर भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
363
PDF
227

Downloads

Published

2025-07-10

How to Cite

Baidhya Tamang, S. (2025). सीताबडामहारानीको परसंस्कृतिग्रहण र प्रभाव. Sahayaatra सहयात्रा, 8(1), 59–67. https://doi.org/10.3126/sahayaatra.v8i1.80934

Issue

Section

Research Article